गृह » भरतपुर देशकै नमुना महानगर बन्छ : दाहाल
राजनीति समाचार समाज

भरतपुर देशकै नमुना महानगर बन्छ : दाहाल

दिव्यनगर । भरतपुर महनगरपालिकाकी प्रमुख रेणु दाहालले विकास र सभ्यताको कसीमा भरतपुर महानगरपालिकालाई देशकै नमुना महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएकी छिन् ।
महानगरपालिका वडा नं २६ ले बुधबार वडा कार्यालय परिसर दिव्यनगरमा आयोजना गरेको दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासबिना समृद्धि हासिल गर्न नसकिने बताइन् ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार भएको भन्दै ग्रामीण क्षेत्र र सहरी क्षेत्रको समुचित विकास तथा तटबन्ध गर्ने नीति आगामी नगरपरिषद्बाट पारित गराउने बताइन् ।
कार्यक्रममा माउन्ट एभरेस्ट डेभलपर्स प्रालि पोखराका अध्यक्ष हर्कबहादुर अधिकारीले वडा कार्यालयको फोहोरमैला व्यवस्थापन र अन्य कामका लागि सहयोग पु¥याउन ट्याक्टर र टे«लरको साँचो वडाध्यक्ष ज्ञानप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सो वडाका अध्यक्ष ज्ञानप्रसाद खनाल, २७ नं वडाध्यक्ष गोविन्द तामाड, स्थानीय समाजसेवी तुलाराम आचार्य, बद्रीबहादुर अधिकारी, शिवनारायण चौधरी, पुरूषोतम कमल ढकाल, रवीन केसी, वडा सचिव चूडामणि भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट