गृह » हत्यारा पत्ता लगाउन दबाब
समाचार समाज

हत्यारा पत्ता लगाउन दबाब

भरतपुर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाइ कानुनी कारबाहीका लागि चितवनका निर्माण व्यवसायीहरुले सरकारसमक्ष माग गरेका छन् ।
संघले मंगलबार घटनाको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालार्ई ज्ञापनपत्र बुझाएका हुन् ।
घटनाको सत्यतथ्य छानबिन नगरेसम्म जिल्लाको सबै निर्माण कार्य बन्द गर्ने भनी आन्दोलनको घोषणा गरेका छन् । महासंघको सदस्यसहितको छानबिन टोली गठन गरी दोषीलाई कारबाही हुनुपर्ने माग व्यवसायीहरुको रहेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा निर्माण व्यवसायीको टोलीसहित पुगेका जिल्ला अध्यक्ष हरिप्रसाद घिमिरेले संघको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । उनले घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको माग गरेका छन् ।
संघका महासचिव भीष्म अधिकारीले देशभरका निर्माण व्यवसायीको अभिभावकको हत्या भएको घटनाले व्यवसायीहरु दुःखी भएको बताएका छन् । विज्ञप्तिमार्फत हत्याराको छिटो खोजी गरी कारबाहीको लागि माग गरिएको छ ।

Comments

About the author

चितवन पोष्ट