गृह » एभरेष्ट सहकारीमा चुके
अर्थ समाचार समाज

एभरेष्ट सहकारीमा चुके

भरतपुर । एभरेष्ट बचत तथा ऋण सहकारीको १० औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बालगोपाल चुकेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा शान्तलाल प्रधान, सचिवमा मदनप्रसाद पौडेल र कोषाध्यक्षमा कुन्दनकुमार पिया चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा मनोजकुमार अग्रवाल चयन भएका छन् ।
यसैबीच, सो संस्थाले विभिन्न विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ । संस्थाले एसईई परीक्षा ०७३ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष महेन्द्र शाक्यले जानकारी दिए ।
त्यस्तै सर्वाधिक बचतकर्ता पाँच जना, सर्वाधिक सेयर खरिदकर्ता एक जना, असल दैनिक बचतकर्ता १० जना, असल मासिक बचत कर्ता नौ जना र असल ऋणी १० जनालाई सम्मानित गरिएको हो ।
त्यस्तै संस्थाले आयोजना गर्ने हरेक रक्तदान कार्यक्रममा नियमित रक्तदान गर्ने नौ जना र ज्येष्ठ, कनिष्ट र उत्कृष्ट एक÷एक जनालाई सम्मान गरेको अध्यक्ष शाक्यले बताए । कार्यक्रममा सचिव शान्तलाल प्रधानले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुन्दनकुमार पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट