गृह » फुटबलमा दुई खेल सम्पन्न
खेलकुद

फुटबलमा दुई खेल सम्पन्न

माडी । माडीमा जारी सर्वाधिक धनराशिको फुटबल प्रतियोगितामा सोमबार स्टार स्पोर्टेस क्लब बरुवा र एफसी स्याउलीवास विजयी भएका छन् ।
सोमबार सम्पन्न पहिलो खेलमा दियो क्लब माडी ‘बि’ लाई ३–१ गोल अन्तरले पराजित गदै एफसी स्याउलीवास दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै सोमबारकै दोस्रो खेलमा एडभेन्चर क्लब माडी–८ लाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै स्टार स्पोर्टेस क्लब बरुवा विजयी भएको आयोजक साइड नेपाल बसन्तपुरका अध्यक्ष सुवास लामिछाने जानकारी दिए । साइड नेपाल वसन्तपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको खेलमा माडीका २६ टिमको सहभागिता रहेको छ । विकास, अनुशासन र गतिशिलता भन्ने मूल नाराका साथ सुरु भएको फुटबल प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २७ हजार ७७७ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ । त्यसवाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज, उत्कृष्ट डिफेन्सर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कष्ट मिल्डफिल्डर, उत्कृष्ट टिम म्यानेजरलगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट