गृह » सुनचाँदी व्यवसायीद्वारा सुरक्षाको माग
अर्थ समाचार समाज

सुनचाँदी व्यवसायीद्वारा सुरक्षाको माग

माडी । माडीका सुनचाँदी व्यवसायीले सोमबार प्रशासनसँग व्यवसायिक सुरक्षाको माग गरेका छन् ।
माडीको बसन्तपुरको उत्तम सुनचाँदी पसलबाट नगद एक लाख ४१ हजार ५२५ रुपैयाँसहित सुन र चाँदी गरी करिब ६ लाख ४५ हजार १९५ रुपैयाँ बराबर गरगहना तथा नगद चोरी भएको पसल सञ्चालक शिवलाल सुनारले जानकारी दिए ।
नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाका अध्यक्ष कृष्ण गोतामेको संयोजकत्वमा इलाका प्रशासन कार्यालय माडी र माडी नगरपालिकामा डेलिगेशन गएको थियो । इलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेशप्रसाद भट्टराईले चोरीमा संलग्न दोषीलाई १० दिनभित्र सार्वजनिक गरी कारबाही गर्ने आश्वासन दिएका छन् । त्यस्तै माडी नगरपालिका प्रमुख ठाकुर ढकालले नगरपालिकाले सुरक्षाको प्रत्याभूति दिलाउने र व्यवसायीलाई निर्धक्क व्यवसाय सञ्चालन गर्न अनुरोध गरेका छन् ।

 

Comments

About the author

चितवन पोष्ट