गृह » बर्डस् नेपाल र डाइनामिक क्लब विजयी
खेलकुद

बर्डस् नेपाल र डाइनामिक क्लब विजयी

माडी । माडीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगितामा बर्डस् नेपाल बघौडा र डाइनामिक क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा आयोजक साइड नेपाल वसन्तपुरलाई १–० गोल अन्तरले पराजित गदै बर्डस् नेपाल विजयी भएको हो । यस्तै दोस्रो खेलमा चैनपुर फुटबल क्लब चैनपुरलाई ३–२ गोलअन्तरले पराजित गदै डाइनामिक क्लब दिवानगर विजयी भएको साइड नेपाल वसन्तपुरका अध्यक्ष सुवास लामिछानेले जानकारी दिए ।
साइड नेपाल वसन्तपुरको आयोजनामा शुक्रबारबाट सुरू खेलमा माडीभरका २४ टिमको सहभागिता रहेको छ । विकास, अनुशासन र गतिशिलता भन्ने मूल नाराका साथ सुरू भएको फुटबल प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २७ हजार ७७७ सहित आकर्षक ट्रफी प्राप्त गर्नेछ ।
त्यसबाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज, उत्कष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कष्ट मिल्डफिल्डर, उत्कृष्ट टिम म्यानेजरलगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट