गृह » लोकतान्त्रिक (फोरम) बाट उम्मेदवार सिफारिस
राजनीति समाचार समाज

लोकतान्त्रिक (फोरम) बाट उम्मेदवार सिफारिस

भरतपुर । आसन्न प्रतिनिधि तथा प्रदेशसभाका लागि नेपाल लोकतान्त्रिक फोरम चितवनले उम्मेदवार सिफारिस गरेको छ ।
जिल्ला समितिले प्रतिनिधिसभाको लागि दुई निर्वाचन क्षेत्रबाट तीन÷तीन जना र एक क्षेत्रबाट एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरी, प्रमोदकुमार महतो र फूलमाया श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट निरु कार्की, सुनबहादुर चेपाङ, कमानसिंह चौधरी, क्षेत्र नम्बर ३ बाट राजु पौडेल रहेका छन् । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ मागर महतो, अनिल तामाङ र शोभनीदेवी थरुनीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरीले जानकारी दिए । यस्तै प्रदेशसभातर्फको उम्मेदवार सिफारिस आज सोमबार गरिने अध्यक्ष चौधरीले जानकारी दिए । उम्मेदवार सिफारिसका लागि पार्टीकी केन्द्रीय सदस्य निरु कार्कीको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

Comments

About the author

चितवन पोष्ट