गृह » गाउँको विकासमा सहरको भूमिका
विचार

गाउँको विकासमा सहरको भूमिका

– हरि अर्याल
aryalhari@iom.edu.np
“पूर्वाधारको निर्माण तथा विकास र आबद्धतासँगै ग्रामीण र सहरी सिकासलाई अन्तरसम्बन्धित तुल्याई यसलाई आर्थिक वृद्धिको स्रोतका रुपमा स्थापित गर्नुपर्ने छ ।” यो माथिको वाक्य चौधौँ योजना (०७३÷७४–०७५÷७६) का चुनौतीहरुमध्ये एक मह¤वपुर्ण चुनौती हो । यस्तै, चुनौतीहरुको सामना गर्नका लागि गाउँ र सहर कसरी जोड्न सकिन्छ र एकआपसमा फाइदाका विषय कसरी बनाउन सकिन्छ भन्ने सोचका साथमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनसमेतलाई आधार मानी त्यसको उपायको लागि केही मौलिक विधिहरु पनि यस लेखमा प्रस्तुत गर्दैछु ।
सहरीकरणमात्र विकास हो भन्ने धारणाबाट गाउँ गाउँकै अवस्थामा पनि विकसित हुनुपर्छ र यो सम्भव छ भन्ने सोच विकासको दिगोपना हो । अझ सहरमा पनि अविकास हुन सक्छ भनेर सहरिया विपन्नलाई समेत मिल्ने सुरक्षित नीतिको पनि वकालत गर्नुपर्छ । दोस्रो अंश अहिलेसम्मको प्राप्त नतिजाबाट संशोधित वैचारिक उपज हो । यसको पालनाले विकास आफैँमा पूर्ण बन्छ र विकास बुझाउन कुनै विशेषणको जरूरी पर्दैन ।
विकास के हो भत्रे चर्चा पनि पुरानो हुन लागिसक्यो । विभित्र समयमा फरक–फरक परिभाषाको पहिचान र व्याख्यासमेत भइसकेको छ । आर्थिक आम्दानीलाई मात्र विकास मात्रे परम्पराबाट नयाँ चिन्तनका लागि सबै सहरियाको निर्माणबाट आर्थिक समृद्धि प्राप्त हुन नसकेको कारण प्रमुख हो । जसले एक ठाउँ वा व्यक्तिको प्रगति÷विकास अर्को ठाउँ वा व्यक्तिलाई सहयोगी बन्नु नै विकास हो भन्नेदेखि दिगो विकासको अवधारणासम्म आइपुग्दा प्राकृतिक स्थिरता रहनु पर्ने, अति सन्तुलित जीवनशैली अपनाउनु पर्ने महत्ता बढेको छ । सहरिया बत्रुमात्र विकास भत्रे अवधारणाबाट केही हदसम्म परिवर्तन भई मानिस सुखी, खुशी, स्वस्थ जीवन र सामाजिक सम्बन्धका आधारजस्ता पक्षलाई जोड दिनुपर्छ भन्ने मान्यतामा आइपुगेको छ । यो सानो विकासको अवधारणाको परिवर्तनले समग्र जीवनलाई अन्तरनिर्भरताको बलियो बन्धनमा पु¥याएको हुन्छ भत्रे सोचमा अहिलेको विश्व छ । हालैमात्र संयुक्त राष्ट्रसघंले प्रकाशित गरेको एक रिपोर्टले त्यो सम्बन्धलाई परिमाणात्मक नापतौल वा छामछुम गर्न सक्ने गरी बताएको छ ।
सहर भन्नाले मानिसको आधारभूत आवश्यकताका लागि चिन्ता गर्नु नपर्ने ठाउँ मानिन्छ । त्यसका लागि उत्पादनभन्दा पनि वितरणमा पु¥याएको विवेकको कारण हो । त्यसका लागि उत्पादन ठाउँ भनेको गाउँ नै हो र ग्रामीण खाद्य पदार्थसँग सहरिया वस्तुको लेनदेन दोहोरो फाइदाका लागि एकमात्र उपाय विकास विनिमयको माध्यम बन्न सक्छ । हाम्रोजस्तो विकास सिक्दै गरेको देशले त झन् सर्वपक्षीय विकासको सहरभन्दा पनि गाउँको विपरीत वातावरणलाई विकास बुझाउने गरेको छ । त्यस कारण बढी क्षेत्रफल, प्राकृतिक स्रोत तथा जनशक्ति भएको ग्रामीणको पनि विवेकी प्रयोग गर्न जान्नुपर्छ । जसले प्रभावकारी र समावेशी विकासको अवधारणालाई समेत स्पष्टसँग आत्मसात् गर्न सक्छ ।
हाम्रै देशमा पनि कृषि सडक नाम दिई गाउँलाई सहरसँग जोड्ने सञ्जाल नै एक परियोजनाजस्तै गरी सञ्चालित छ । परियोजनाले प्रतिवेदनमार्फत सफल त भएकै छन् । त्यो रिपोर्टले बताएको फाइदालाई हामीले कति लिएका छौँ, त्यो भने बुझ्न बाँकी नै छ । आखिर किन त्यस्तो भएको भने केवल नाम दिएरमात्र त्यो परियोजनाको ध्येय अर्थात् लक्ष्य तथा उद्देश्य प्राप्त हुने होइन । त्यसका लागि सहायक र सहयोगी पक्षहरुको पनि ख्याल गर्नुपर्ने हुन्छ । सडकलाई “कृषि” नाम दिए पनि समाजमा चिल्ला गाडी गुड्ने र गाडीवाल माफियाले पैसा लुट्न सिन्डिकेटभन्दा माथि ती परियोजनाहरु पनि छैनन् । कृषि सडकमा गुड्ने कृषि गाडी चलेको कतै भेटिएको छैन । बजार र गाउँ जोड्ने भियतनामीहरुको मोटरसाइकलको व्यावसायिक प्रयोगजस्तो नेपालमा कुनै भएको जस्तो लाग्दैन । त्यस कारण कृषि सडकजस्तै कृषि गाडी, कृषि पेसा, कृषि बिमा, कृषि पेन्सन, कृषि पूजारी तथा कृषि भक्तको पनि पहिचान गरौँ ।
बजारको बढ्दो मागलाई पूर्ति गर्ने जिम्मा, जैविक र प्राकृतिक उत्पादनको बढ्दो मागले गर्दा ग्रामीण उत्पादनको बजार भाउ बढ्दै गएको पनि छ । तर, जुम्लाको स्याउ ल्याउन नसकेर कुहिएको समाचारले हामीले गर्नैपर्ने जुम्ला–नेपालगन्ज र काठमाडौँ–दिल्लीसँगको यातायात सम्पर्क माध्यमका उपायको खोजी अति आवश्यक छ । साना÷घरेलु उत्पादनले समेत बजारको माग पूर्तिमा सहयोग पु¥याइरहेको छ । यसको कारण ग्रामीण कमाइसमेत बढ्दै गएको छ । ग्रामीण वस्तुको बजार भाउ बढी पाइन्छ भन्ने धारणा विकास भएको हुँदा कहिलेकाहीँ ग्रामीण भेगमा नै सामान अभाव हुन सक्ने हुँदा त्यसतर्फ पनि सजग भई काम गर्नुपर्ने हुन्छ ।
गाउँ र ठूला सहरलाई एक सञ्जालमा जोड्ने सडक, बिजुली तथा सञ्चारको माध्यमको भरपर्दो र दिगो संरचनाको अति आवश्यक छ । हामीले केही किलोमिटरको दूरीबाट समेत भरपर्दो र छुट्टै उपाय अपनाएका छैनौँ । खाद्य पदार्थको पनि प्रकारअनुसार फरक–फरक प्रयोग गर्नुपर्छ । खाद्य पदार्थहरु अति छिटो बिग्रनेदेखि लामो समयसम्म भण्डार गर्न सकिने खालको हुन्छ । छिटो बिग्रने खाद्य पदार्थलाई अतिकम तापक्रममा छिटो बजारसम्म पु¥याउनुपर्छ । हामीले त्यस्ता फरक विशेषताको कुनै ख्याल गरेका छैनौँ ।
सहरी विकासमा ग्रामीणले धेरै कुरामा सहयोग गर्न सक्ने भए पनि मुख्य गरी खाद्य तथा तरकारीलगायत कृषिजन्य सहयोग बढी सजिलो र स्वतः हुन सक्ने देखिन्छ । हुन त, विभिन्न उद्योगका लागि कच्चा पदार्थ उत्पादनबाट समेत गर्न सक्ने हुन्छ, तर ग्रामीणको चाहनाप्रधान जीवनशैली हुने हुँदा आफ्नो आवश्यकता पूरा गर्ने खेतीमा केही थप उत्पादन गर्दा मात्र पनि बचेको संकलन गर्ने निकायले काम गर्नु अति जरूरी छ । साथै, गाउँमा उत्पादन हुने मौसमी प्राकृतिक उत्पादनलाई संकलन गर्ने हुन सक्दछ भने ग्रामीण भेगले मौसमी जनशक्ति प्रदान गर्ने क्षमतासमेत राख्दछ । ग्रामीण बसाइँ वर्षभरि व्यस्त रहने खालको हुँदैन । अति व्यस्त हुने समयबाहेक खाली समयमा केही समयका लागि बलियो जनशक्ति गाउँबाहिर आउने हुँदा ती जनशक्तिलाई पूर्वयोजनाकृत ठाउँमा सेवा र श्रम उपलब्ध गराउन सकिन्छ । त्यस्तै गरी बजारी ब्यस्त जीवनमा थकित तथा तनावपूर्ण मानिसलाई आवश्यकताअनुसार घुमफिर गरी पुनर्ताजगीपूर्ण जीवनसमेत दिन सक्ने हुन्छ ।
यातायात र प्रविधिको सुविधाले मानिस घुम्न अति मन पराउने बन्न थालेका छन् । अहिले मात्रै कति बाआमाहरु आफ्नो घर छोडेर एक–दुई किलोमिटरको परिधिमै जीवन बिताएका प्रशस्त उदाहरण भेटिन्छन् । तर, अहिलेको समय गुजारेर बाआमा वा हजुरआमा र हजुरबा बन्नेहरुले त्यो अवस्था रहन दिने छैनन् । यसको मतलब, सबै मानिस घुम्न आतुर छन् । तर, जस्तोसुकै अवस्थामा पनि घुम्ने भन्ने हुँदैन, त्यसका लागि अति विश्वासिला फोरमहरुको आवश्यकता पर्दछ । यी सबै कुरा गरेर के भन्न खोजेको भने देशमा शान्ति र स्थायित्वसहितको प्रविधिको विकास भयो भने गाउँगाउँ घुम्न जाने परम्पराको सुरूवात हुन्छ । अहिले कृषि पर्यटन, पर्यापर्यटन, सांस्कृतिक पर्यटन तथा साहसिक पर्यटनको खोजीमा मानिस गाउँगाउँ पस्न लागेका छन् । जसलाई होमस्टेजस्ता अवधारणाले सहयोग गरिरहेको छ भने तथा पारस्परिक पाहुना (पेइङ गेस्ट)को रुपमा सहरियालाई गाउँ भित्र्याउन केवल चाहेर मात्र हुँदैन, त्यसका लागि माथि भनेको सुव्यवस्था अति जरूरी रहन्छ । युद्धकालमा विदेश घुम्ने बढी यसै भएका होइनन् । हामी नेपाली विदेशी गाउँ घुम्न पक्कै जाँदैनौँ, हामै्र गाउँ घुमौ किनकि यसमा दोहोरो फाइदा छ ।
निष्कर्ष :
विश्वमा खेतीबाली उत्पादन भइसकेपछि एकतिहाई भाग खेर जाने गरेको प्रतिवेदन विश्व खाद्य कार्यक्रमले बताएको छ भने हामीले कृषिको उत्पादनलाई बढाउने मात्र नभई त्यसको बचावटमा पनि विविध प्रविधिको प्रयोग गर्नुपर्छ । बढीजसो उत्पादन ग्रामीण क्षेत्रमा नै हुने पक्का हो भने त्यसको बचावट गर्न विभिन्न प्रविधि लिई सहर गाउँमा जानैपर्छ । ग्रामीण क्षेत्र सहरभन्दा कयौँ गुणा स्वावलम्बी हुन्छ र त्याग गर्न सिकेको हुन्छ । त्यस कारण, परनिर्भरताको परिपूरकका लागि समेत बजार गाउँ जाने र सम्यक तरिकाले त्यहाँको उत्पादन ल्याउने र प्रविधि त्यहाँ छोड्ने गर्नुपर्छ । त्यस्तै, मौसमी फुर्सद हुने ग्रामीण श्रमलाई समेत त्यही तालिकामा सहर बजारमा उपयोग गर्ने नीति ल्याएमा गाउँले सहरको विकास गर्छ भने सहरले गाउँको विकास गर्छ ।

 

Comments

About the author

चितवन पोष्ट