गृह » ५१ जना एमालेमा प्रवेश
राजनीति

५१ जना एमालेमा प्रवेश

भरतपुर । भरतपुर २९ नम्बर वडाबाट विभिन्न पार्टीका ५१ जना एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस २९ नम्बर वडाका उपसभापति नारायण जर्घामगरसहित ५१ जना शनिबार एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले टीका लगाएर एमालेमा प्रवेश गराएका थिए । कार्यक्रममा पूर्वजिल्ला सचिव विजय सुवेदी, स्थानीय एमाले नेता कृष्ण अधिकारी, झनकीलाल गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रम २९ नम्बर वडाका वडाध्यक्ष मानबहादुर रानामगरको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट