गृह » जनआस्था क्लब दोस्रो चरणमा
खेलकुद

जनआस्था क्लब दोस्रो चरणमा

माडी । चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा जनआस्था युवा क्लब वसन्तपुर विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा स्टार स्पोर्टस् क्लब बरुवालाई ४–० गोल अन्तरले पराजित गदै जनआस्था विजयी भएको साइड नेपाल वसन्तपुरका अध्यक्ष सुवास लामिछाने जानकारी दिए ।
साइड नेपाल वसन्तपुरको आयोजनामा शुक्रबारबाट सुरू भएको खेलमा माडीभरका २६ टिमको सहभागिता रहेको छ । विकास, अनुशासन र गतिशीलता भन्ने मूल नाराका साथ सुरू भएको फुटबल प्रतियोगिताका विजेताले नगद ५५ हजार ५ सय ५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद २७ हजार ७ सय ७७ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ ।
त्यसबाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज, उत्कष्ट डिफेन्सर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कष्ट मिल्डफिल्डर, उत्कृष्ट टिम म्यानेजरलगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट