गृह » बिस्कुनहरु टिप्ने प्रेरणा
साहित्य

बिस्कुनहरु टिप्ने प्रेरणा

डा. मतिप्रसाद ढकाल
पहाडबाट सहर र तराई अनि त्यताबाट विदेशतिर बसाइँ सर्दै गर्दा घाममा सुकाउनका लागि फिँजारिएका अन्नहरु उपभोग गर्नबाट पनि हामीहरु वञ्चित हुनुपर्दो रहेछ । त्यसैले हाम्रा सन्ततिले बिस्कुन शब्दको अर्थ व्यवहारमा होइन शब्दकोशमा मात्र भेट्नुपर्ने अवस्था आउन थालेको छ । सबै चीजबीज अलपत्र परेको अवस्थालाई बुझाउन हामीले बिस्कुन शब्दको प्रयोग गर्न छाडिसकेका हौँ कि भन्ने आभास भएको छ । मेलोमेसोविना चारैतिर छरिएको वस्तुलाई पनि बिस्कुन शब्दले बुझाउँदो रहेछ भन्ने कुरा हामीमध्ये कमैलाई थाहा होला तर सिद्धहस्त नेपाली साहित्यकार लीलबहादुर क्षेत्रीले त्यसै सन्दर्भमा बिस्कुन शब्दको प्रयोग गरेर पुस्तक नै तयार गरेका रहेछन् । असम नेपाली साहित्य सभाले सन् २०१६ मा प्रकाशमा ल्याएको उनको ‘छरिएको बिस्कुन’ नामक कथासङ्ग्रहमा ३४ ओटा लघुकथाहरु सङ्गृहीत छन् । सबैजसो कथाको रचनास्रोत दिने क्रममा लोक आहान, श्रवणाधार, लोकोक्ति, अनुभवाधार, लोक उखान, पुराण, चलित उखान, लोकगीतको आधार, नीतिवचन, संस्मरणात्मक लेख, विदेशी कथा, दन्त्य कथा, पौराणिक आहान र कथितलाई आधार मानिएको छ । यसमा सङ्गृहीत कथाहरु तिनै आधारको विश्लेषण गर्न प्रवृत्त भएका छन् । छरिएका नेपाली साहित्यिक तथा सांस्कृतिक बिस्कुनहरुलाई कथाकारले बटुल्नेमात्र होइन तिनलाई केलाउने, निफल्ने र मेसो लाइदिने प्रयाससमेत गरेका छन् ।बनारसमा कामदारका रुपमा बसेको बिर्खबहादुरले साथीसँग पूजा गर्दा उपयोगमा ल्याउलिन् भनेर आमालाई कोसेलीका रुपमा चन्दनको काठ पठाएछ र वर्षदिनपछि घरमा पुगेर पूजा गर्न बस्ता उसले चन्दन फेला नपारी आमासँग सोद्धा आमाले त त्यसलाई हँसियाको बिँड बनाइसकेकी रहिछन् भन्ने कथावस्तुका आधारमा जान्नेलाई ‘श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ उखानको पुष्टि गर्ने प्रयत्न गरिएको छ । यसरी नै श्राद्ध गरेर सिधा पु¥याउन जाँदा श्राद्धकर्ताले आप्mनै व्यवहारले पुरोहितबाट पिटाइ खाएपछि ‘सराद्ध गर्न त सजिलो सिधा पु¥याउनै गाह्रो’ भन्ने उखान चलेको रहेछ ।
‘मह¤वपूर्ण वैवाहिक यन्त्र’को आविष्कार गर्ने वैज्ञानिक मसिनको प्वालबाट आप्mनी पत्नीलाई छिराएर त्यसको सट्टामा आपूmले गुमाएको सिक्का फिर्ता पाउने यन्त्रको आविष्कार गर्ने सोचमा पुगेका छन् । नदी तर्ने क्रममा गँगटालाई धोकामा पारी मार्छु भन्दा चील आपूm मरेको निष्कर्षबाट चील र गँगटाको जस्तो मित्रता अनुपयुक्त रहेको पुष्टि गरिएको छ । ‘द्रुतगामी रेल इन्जिन’को उद्घाटन गर्ने क्रममा डब्बाबाहेकको इन्जिनमात्र गन्तव्यमा पुगेर अडिएको र डब्बाहरु छुटेको थाहा नभएको देखाएर उद्घाटन कार्यक्रममाथि व्यङ्ग्य गरिएको छ । भट्टीमा रमाउने दुई सम्धी बुइ चढेर घर पुग्ने चाहनामा दुबै सम्धी कम्ती रहेनछन् भन्ने देखाइएको छ । अर्काको सित्तैमा खान पाएपछि बाठो भएको बाबु छोराको बठ्याइँ सुनेर पछुताएको छ । हाम्रा ‘विकास योजना’को स्वीकृति ल्याउँदा पनि आखिर खर्चै हुँदो रहेछ भन्ने रहस्य खुलेको छ । अविवेकी साँढेले बरू सडक छाडिदेला तर अचेल कलेज पढ्ने ठिटाठिटीहरुले बाटो नछाडेर धेरैलाई हैरान बनाएपछि ‘दन्त्यकथाजस्तो तर भएकै त्यस्तो’ कथा जन्मिएको हो । एकजनालाई गोठालो चाहिएको रहेछ र बाटामा भेटेपछि हुनेवाला गोठालाले मेरा सय गुन छन् र दुइटा बैगुन छन् भनेछ । घरमा ल्याएर विचार गर्दा त उसले म नखाउन्जेल बसेका ठाउँबाट उठ्न सक्तिनँ अनि खाएपछि चल्न र चटपटाउन सक्तिनँ भनेर आप्mना दुई बैगुनले सय गुनलाई परास्त गर्दै गोपालकलाई हेरेको हे¥यै बनाइदिएछ । घरको धुरी चुहिएको चुहियै थियो तर ‘धामी कान्छा’ले धर्ती बाँधू, आकाश बाँधू, पाताल बाँधू भनेर रोगीको उपचार गर्दै गरेको बहाना गरिरहेको देख्ता श्रीमतीले अति भएर कुचाले बजाएपछि मात्र लोग्ने घरमा आई खरले छानो छाउन तत्पर भएको हो ।
घरज्वाइँले सधैँ पछिमात्र खाना खान पाउने गरेकामा पाहुना आएका बेला अघि भात खान पाएपछि ‘पाहुनाको सारमा मलाई अघि भात’ भन्ने उखानले जन्म लिएको रहेछ । घरमा बसेका गोठालालाई भैँसीले पाडो वा पाडी जे पाए पनि केही सरोकार नहुने रहेछ भन्ने कुरालाई पुष्टि गर्न ‘भतुवालाई पाडो पाए पनि पाडी पाए पनि बिघौतीसितको सरोकार’ भन्ने उखान चलेको रहेछ ।‘जीवनचक्र’ भन्नु नै मुसारुपी दिनरातले जीवनको डोरी काटिदिँदा मृत्युरुपी नागराजका फन्दामा पर्नु रहेछ । सम्म्राट्ले वर्षौं लगाएर विजय प्राप्त गर्नुभन्दा सिद्धपुरूष एउटै वाक्यमा विजय प्राप्त सक्षम हुँदा रहेछन् । चारजना फटाहाले खसी ल्याउँदै गरेका व्यक्तिलाई पालैपालो भेटेर पूर्वसल्लाहअनुसार कुकुर ल्याएको भनिदिएपछि खसी छाडेर गएकाले ‘बहुमत फट्याइँ र बठ्याइँको’ कथा जन्मिएको हो । पढेलेखेका छोराले आमाबुबालाई सहरमै ल्याएर पाल्छु भन्ने बहानामा पहाडको सबै घरजग्गा बेचेर ‘आधुनिक शौचालय’ निर्माण गरेको देखेपछि आमाबुबा के खाएर दिशा गर्ने ? भन्ने प्रश्न गर्न बाध्य हुन्छन् । हाम्रो सहरी सभ्यतालाई यस कथाले तीव्र रुपमा व्यङ्ग्य गरेको छ । लोग्नेले भनेभन्दा सधैँ उल्टो उल्टो काम गर्ने श्रीमतीलाई सही मार्गमा ल्याउन तिम्रो लोग्ने फलानासित सल्केको छ भनिदिएमात्र पुग्दो रहेछ । ‘सिरीमा सिरी बतासै चल्यो’ जस्ता एउटै गीतले पनि युवक, सन्न्यासी र गृहिणीमा केकस्ता भिन्नाभिन्नै भावनाहरु उत्पन्न हुँदा रहेछन् ? भन्ने पुष्टि गरिएको छ । ज्ञानलोक र ज्ञानी राजा भएका खण्डमा अज्ञानी पण्डितहरु पनि आआप्mना भूलहरु स्वीकार गरेर अघि बढ्न सक्ता रहेछन् । एउटी भक्तिनी आमै र अर्की वेश्यावृत्तिमा संलग्न महिलालाई यमराजले पाप पहिला भोग्ने कि पुण्य ? भनेर प्रश्न गर्दा पहिला पुण्य भोग्ने वेश्याले स्वर्गमा पुण्य वृद्धि गर्दै नरक जानु नपरेको रहस्य उद्घाटन गरिएको छ ।
आडम्बरी कीर्तन गर्ने भक्त र आडम्बरी गृहस्थ दम्पतीभन्दा बाहिर उच्छृङ्खलजस्ता देखिए पनि भित्री रुपमा आस्था प्रकट गर्ने युवाहरुले ‘असली भक्तको चिनारी’ दिएका छन् । अनुपस्थित बुद्धिभन्दा ‘उपस्थित बुद्धि’ नै बढ्ता बलवान् हुँदो रहेछ । उखु पेल्ने कोलले घोडा पाउने कुरा सुनेर स्याल ‘पशुभन्दा मानिस बैगुनी’ हुने रहेछ भन्ने निष्कर्षमा पुगेको छ ।मत्र्यलोकमा वकिल र दहिचिउरे साक्षीले साँचालाई झुटो अनि झुटालाई साँचो पार्न सक्लान् तर यमलोकमा भने ‘साँचो डग्दैन झुटो तग्दैन’ भन्ने लोकोक्तिले सार्थकता पाउँदो रहेछ । जेठी छोरीको बिहे मालीसँग र कान्छी छोरीको बिहे कुमालेसँग भएको रहेछ । बाबुले जेठी छोरी भेट्न जाँदा पानी परिदिन पूmलहरु सप्रिने थिए भन्ने कुरा गरिछ भने कान्छीलाई भेट्न जाँदा घाम लागे माटाका भाँडा राम्ररी सुक्ने र आप्mनो व्यापार बढ्ने कुरा गरिछ । साथै एउटा व्यक्तिका दुवै पत्नीका बीचमा कुरा नमिल्दा ‘जेठी भन्छे पानी नै पानी, कान्छी भन्छे घामै घाम, म एक्लो बूढो कसलाई दुखाऊँ कसलाई रिझाऊँ ?’ भन्ने उखान प्रचलित भएको रहेछ ।
सधैँ तर्कले जित्न खोज्ने तर सभासमारोहमा उभिएर कहिल्यै नबोल्ने व्यक्तिलाई कुनै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्न बोलाइन्छ । उसले उद्देश्य त तपाईंहरु सबैलाई थाहा नै होला, थाहा भएको कुरा मैले किन भनिरहनुप¥यो भनेर टारिदिँदा सबै दङ्ग पर्छन् । अर्को सभामा उद्देश्यमाथि नै प्रकाश पार्न बोलाउँदा आधालाई योजनाका बारेमा थाहा रहेनछ र आधालाई रहेछ । त्यो सुनेर थाहा भएकाले थाहा नभएकालाई बुझाइदिनुहोला भन्दा सबै दङ्ग परे र उसको तार्किक कौशलता देखेर सबैले उसका सामु आपूmहरुको केही नलाग्ने ठहर गरे ।खजुर किन्न खोजेका व्यक्तिले पहिला भेटिएको व्यापारीले एक रूपियाँ दिए पेटभरि खान पाउने भनेको, पचास पैसाले हुँदैन भनेर अघि बढेको, अर्का ठाउँमा पचास पैसाले अघाउन्जेल खान पाइने भन्दा पनि उसले पच्चीस पैसाले हुँदैन भनेर अघि बढेको र खजुरैका रुखमा चढे अघाउन्जेल खान र लैजान पनि पाइने भनेपछि उसले रुखमा चढेर अघाउन्जेल खाएछ र लैजानका लागि प्रशस्त खजुर पनि झारेछ तर ओर्लन नसकेपछि ऊँटवाला बीस रूपैयाँमा ऊँटमाथि चढेर झारिदिन तत्पर भए पनि झर्न खोज्दा ऊँट हिँडिदिएकाले खजुर खान खोज्ने व्यक्ति सङ्कटमा परेछ भन्ने कथावस्तुका आधारमा व्यक्तिको लोभी चरित्रलाई प्रस्तुत गरिएको छ ।
पर्दा पछाडि रहेर काम गर्नेहरु पर्दा पछाडि नै रहँदा रहेछन् भन्ने कुरालाई ‘नामी पियानो वादक गुमनामी उसको सहायक’ कथाले पुष्टि गरेको छ । पियानो वादकको जताततै नाम चले पनि एकदिन भव्य कार्यक्रममा उसको सहायकले हावा नभरिदिँदा पियानो बन्द भएपछि पर्दा पछाडिका व्यक्तिको पनि मह¤वपूर्ण भूमिका हुँदो रहेछ र उसको समेत नाम पर्दाअघि लिनुपर्दो रहेछ भन्ने वास्तविकताबोध सबैले गर्न पुगे ।
कुनै बेला गुलापैm गुलाफको बगैँचामा टहल गर्ने व्यक्तिको हैसियतमा ओरालो लागेपछि कोठामा एउटा कचौरामा गुलाफ राखेर त्यसमै टहल गर्न बाध्य हुनुपरेको यथार्थताले बल गए पनि रवाफ बाँकी रहँदो रहेछ, हिङ नभए पनि हिङ बाँधेको टालामा गन्ध नमेटिँदो रहेछ भन्ने कुरालाई पुष्टि गरेको छ । मदिराको बहिष्कार, सत्य र अहिंसा त नारामा मात्र सीमित रहेका छन्, तिनको कार्यान्वयन हुन सकेको छैन भन्ने कथावस्तुलाई पनि यहाँ उल्लेख गरिएको छ ।
गुरू र चेलाको दन्त्यकथाका आधारमा रचिएको ‘भाग्यले जुराए खाउँला’ भन्ने कथाका माध्यमबाट जसलाई जति पाउनु छ त्यसलाई त्यस्तै संयोग परेर आउँछ, भाग्य भन्नु नै त्यही संयोग हो तर कर्म भने गरिरहनुपर्छ भन्ने सन्देश प्रवाहित भएको छ । भावीले दिएको आयुको रक्षा गर्न वा भोग गर्न पुरूषार्थ चाहिँदो रहेछ । पुरूषार्थ र दृढता भएका खण्डमा भावीले लेखेको मेट्न कसैले नसक्ने भएकाले ‘आयुको छोरालाई वायुले खाँदैन’ भन्ने उखान प्रचलित भएको रहेछ ।
दाम्पत्यजीवनमा सन्तुष्ट नभएकी एउटी श्रीमतीले आप्mनो लोग्नेले सधैँ कुटीका साधुलाई ढोग्ने गरेको देखेर उसले लोग्नेभन्दा साधु ठूलो ठानी उसैसँग पोइल जाने विचार गरी । भोलिपल्ट साधुले तुलसीको मठलाई प्रणाम गरेको देखेर साधुभन्दा तुलसीको मठ ठूलो ठानी र तुलसीको मठसँग लगनगाँठो गाँस्ने निर्णय गरी । पर्सिपल्ट तुलसीको मठमा कुकुरले पिसाब फेरेको देखेर तुलसीको मठभन्दा कुकुर नै ठूलो ठानेर कुकुरसँगै सम्बन्ध गाँस्ने विचारमा पुग्नमात्रै के आँटेकी थिई उसको लोग्नेले कुकुरलाई झटाराले हानेर धपायो । त्यो देखेर उसले कुकुरभन्दा त लोग्ने नै ठूलो रहेछ भन्ने निष्कर्षमा पुगी र ‘गतिलो पोइको छनोट’ गर्न सकेकामा खुसी हुँदै आप्mनै लोग्नेसँग सुमधुर सम्बन्ध गाँसेर निश्चिन्तताका साथ बस्न थाली ।
कथाको सिर्जना गर्न काल्पनिक कथावस्तुकै आड लिन नपर्दो रहेछ र आपूm बाँचेकै समाजमा जीवन्त बनेका उखान, संस्कृति आदिलाई कथासिर्जनाको स्रोत बनाएर कथाहरु लेख्न सकिँदो रहेछ भन्ने कुरालाई यस कथासङ्ग्रहका कथाहरुले पुष्टि गरेका छन् । यस्ता रोचक कथाहरुको सिर्जनामा रमाउनका लागि हामीमाझमै छरिएर रहेका बिस्कुनहरु नै पर्याप्त रहेछन् र त्यस्ता सामग्रीहरुप्रति कथाकारहरुको ध्यान जानु अपरिहार्य देखिन्छ ।(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

 

Comments

About the author

चितवन पोष्ट