गृह » फुकौँ बिगुल
साहित्य

फुकौँ बिगुल

गुरूप्रसाद न्यौपाने ‘सुशील’

गैँडाकोट नगरमा एउटा यस्तो ठाउँ छ
शिखरबाट चियाउँदा मनै गद्गद हुनेछ ।

हिमालबाट बगी आउने काली नदीसँगै छन्
चितौन, तनहुँ, नवलपुरको संगम स्थल वेणी छन् ।

देवगणको पुण्यभूमि ठाउँ हो देवघाट
ऋषिमुनि ध्यान गर्थे बेनी संगम तट ।

सेती, काली, त्रिशूलीको संगम देवघाट
नागबेली पर्दै आउँछिन् यही तट ।

पर्यटकलाई लोभ्याउँछ सुन्दर केलादीले
केलादीको विकास गर भन्छिन् कालीमाईले ।

प्राकृतिक गहनालाई जोगाऊँ हामी सबले
पर्यटनको ढोका खोल भन्छिन् कालीमाईले ।

प्रकृतिले जन्माएका कैयौँ यस्ता ठाउँ छन्
शान्तिभूमि पुण्यभूमि लुम्बिनीमा बुद्ध छन् ।

बुद्ध शान्तिपार्क बनाऊ भन्छ केलादीले
देवघाटको विकास गरे पुण्य पाउँछौँ सबले ।

गैँडाकोटको शिखरबाट बिगुल फुकौँ सबले
सबैसँग हात जोड्दै भन्छन् शान्तजीले ।

जग्गादाता शंकरको दिल छ भयंकर
केलादीले रुप फेर्दा गद्गद हुन्छन् धेर ।

 

Comments

About the author

चितवन पोष्ट