गृह » पाण्डे सर्वसम्मत चयन
राजनीति समाचार समाज

पाण्डे सर्वसम्मत चयन

रत्ननगर । चितवन क्षेत्र नं १ बाट प्रनिनिधिसभा निर्वाचनको लागि एमाले नेता सुरेन्द्र पाण्डेको नाम सिफारिस गरिएको छ । पूर्वी चितवनको वीरेन्द्रनगरमा बुधबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटी बैठकले मंसिरमा हुने निर्वाचनका लागि पाण्डेको एकमात्र नाम जिल्लामा सिफारिस गरेको हो ।
प्रनिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने इच्छा राखेका पार्टीका निर्वतमान जिल्ला अध्यक्ष जेएन थपलियाले अन्तिममा नाम फिर्ता दिएपछि पाण्डे सर्वसम्मत सिफारिस भएका हुन् ।
क्षेत्रीय समितिले एकमात्र नाम सिफारिस गरेकाले क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पाण्डेको उम्मेदवारी पक्का भएको छ । चितवन क्षेत्र नं १ का सांसदसमेत रहेका पाण्डे पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री समेत हुन् ।
बैठकले चितवन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन (क) को लागि दावा लामा र कृष्ण पन्तको नाम सिफारिस गरिएको छ । यता क्षेत्र नं १ प्रदेशसभा निर्वाचन (ख) को लागि बिहीबार नै पार्टीका जिल्ला इन्चार्ज कृष्ण खनालको नाम सर्वसम्मत चयन गरिएको थियो ।
आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थानीय तहमा क्षेत्रीय समितिले उम्मेदवारहरुको नाम जिल्लामा सिफारिस गर्ने र जिल्लाले टुङ्ग्याउन नसके प्रदेश कमिटीले टुङ्ग्याउने प्रावधान रहेको छ । क्षेत्र नं १ अन्तर्गत पूर्वीचितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समावेश छन् ।

 

Comments

About the author

चितवन पोष्ट