गृह » कराँते खेलाडीको ग्रेडिङ सम्पन्न
खेलकुद

कराँते खेलाडीको ग्रेडिङ सम्पन्न

भरतपुर । रामपुर डोजो, ब्रम्हपुर डोजो र भीमनगर डोजोका कराँते खेलाडीहरूको ग्रेडिङ मंगलबार रामपुरमा सम्पन्न भएको छ ।
उक्त ग्रेडिङमा पुरूषतर्फ ब्रम्हपुर डोजोका मनोज गुरूङ र महिला तर्फ रामपुर डोजोका शान्ति गैरे उत्कृष्ट भएका छन् । मध्यमाञ्चल कराँते प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक गगन लामाको प्रमुख अतिथि तथा कराँते सहायक प्रशिक्षक जंगबहादुर थिङ साथै स्वयंसेवक प्रशिक्षक ज्वालाकुमार भण्डारी, चित्रबहादुर राना मगर, बौद्ध लामा, दुर्गा कुमाल, मानसिं घर्ती, प्रमिश लामा, सोनिया आचार्यको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट