गृह » नकआउट भलिबलमा अन्तिम चारको टुंगो
खेलकुद

नकआउट भलिबलमा अन्तिम चारको टुंगो

भरतपुर । भरतपुर–२६ को आयोजनामा ज्योतिनगर सञ्चालन भइरहेको वडास्तरीय नकआउट भलिबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल सकिएका छन् ।
प्रतियोगितामा सोमबार भएका खेल जित्दै वडा नं १८, २१, २६ र २७ ‘ए’ विजयी भएका छन् । वडा नम्बर २७ ले २० ‘ए’लाई पराजित गर्दा वडा नं २५ लाई २६ ले हरायो । त्यस्तै वडा नं २७ ‘बी’ लाई २१ ले हराउँदा वडा नम्बर २० ‘बी’ लाई १८ ले हरायो ।
प्रतियोगितामा मंगलबार सेमीफाइनलका खेल हुनेछन् । पहिलो सेमीफाइनलमा वडा नं १८ ले २१ सँग खेल्ने छ भने दोस्रोमा २६ र २७ भिड्ने प्रतियोगिता संयोजक जुनानाथ सापकोटाले जानकारी दिए । प्रतियोगिता जित्नेले १ लाख र उपविजेताले ५० हजार पाउने सापकोटाले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट