गृह »  चलचित्र बाबु कान्छाको गीतको भिडियो सार्वजनिक
कला

 चलचित्र बाबु कान्छाको गीतको भिडियो सार्वजनिक

काठमाडौ । चलचित्र ‘बाबु कान्छा’ को शुक्रबार काठमाडौंमा गीतको भिडियो सार्वजनिक गरिएको छ ।कार्यक्रममा चलचित्रमा समावेश ‘चन्द्रमा झै राम्री’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीत ‘कर्णवीर’ चलचित्रमा समावेश गीतको रिमिक्स भर्सन हो । सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सन गायक सुनारले नै तयार पारेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाई नयाँ पुस्तालाई मनपर्ने शैलीमा तयार पारेका निर्देशक शोभित बस्नेतले बताए । चलचित्र ‘कर्णवीर’ लाई पनि निर्देशक शोभित बस्नेतले निर्देशन गरेका थिए ।
यसैले, उनले यो हिट गीतलाइ आफू निर्देशित नयाँ चलचित्र ‘बाबु कान्छा’मा समावेश गरेका छन् ।भिडियोमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, एसलिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतलाई फिचरिङ गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा सलोन बस्नेतले ‘बाबु कान्छा’माथि आफ्नो ठूलो आशा र भरोशा रहेको बताए । सार्वजनिक गीतमा दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ ।चलचित्रमा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।
सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । सन्तोष राज भण्डारी र सुजन घिमिरे सहनिर्माण रहेको फिल्मको कथा निर्देशक बस्नेत आफैले लेखेका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट