गृह » थारु समुदायको यमोसा अर्थात् पितृऔँसी पर्व 
कला विचार

थारु समुदायको यमोसा अर्थात् पितृऔँसी पर्व 

– कारी महतो
यस वर्ष चितवन र नवलपुरका थारु समुदायले हिजो असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात् पितृऔँसी पर्व मनाएका छन् । थारु समुदायले वर्षभरिमा दर्जनौँ चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र मह¤व हुन्छ । ती चाडपर्वहरुमध्ये “यमोसा” (पितृऔँसी) पर्व पनि एक हो । “यमोसा” चितवन र नवलपुरका थारु समुदायले मात्र मनाउने एउटा मह¤वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औँसी पर्ने भएकाले यस पर्वलाई पितृऔँसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औँसीको दिन पर्दछ । दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामस“ग मनाइन्छ । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ ।

त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । त्यसदिन खसी, बोका, हाँस, कुखुरा काट्ने पनि काट्ने गरिन्छ ।अर्को दिन अर्थात् यमोसाको दिन पुरूषहरु सबेरै आपूmले देखेका दाभी (सिरू) काटी ल्याउ“छन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाई धोई पखालेर घरअगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्सीमा उक्त सिरूको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यसदिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरिसकेपछि नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । ]

त्यसपछि मात्र खानपिन सुरू हुन्छ । सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाई खातिरदारीका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आपूmले खाने गरिन्छ । यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइ“योले कोरिदिने गरिन्छ । त्यसपछि उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जोकोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च–छवटा पिङ लगाइन्थ्यो । यता केटाहरुले सा“झपख गाउ“को बाटोको मह¤वपूर्ण ठाउ“मा “म्वाह्रा” गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घरघरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउ“दै यम्वासा खान्छन् ।

उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन् ःगीत नं १ –  डौली डौली मोदवा         देले दबकाई  बौरी बौरी मोदवा   देले निसकाई  मोदहर्नीक मोदवा घुघल बाजे……

गीत नं २ – भन्साक लकर–तकर मजीघर छमाकरी,  कते गेल मैनामोती भात         रचे याउरी, भात रचे याउरी……गीत नं

३ –         पाता परैय गेल         भात परैय गेल  दाली परैय गेल        मासु परैय गेल,  यौर परल गजमोती         जेवहु“ सभरे  गोतियवा–गोतिनिया         मन चितलाई…..तर अब ती गीतहरु, ती म्वाह्रा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकीहरु…..सबै सबै लोप हु“दैछ ।

थारु समुदायका केही व्यक्तिहरुले यमोसा (पितृऔँसी) को सट्टा दसैँ मात्र मनाउने गर्न थालेका छन् । किनकि, हाम्रो देशमा यमोसा मनाउने वातावरण छैन । राज्यबाट नै वातावरण बिगार्ने काम भइरहेको छ । थारु समुदायलाई आफ्नो संस्कृति, रीतिरिवाज प्यारो लाग्छ तर बाध्य भई आफ्नो संस्कृति छोड्नु परिरहेको छ । किनकि, यहा“ नाम मात्रको सद्भाव छ तर गहिरिएर हेर्ने हो भने गैरथारुद्वारा थारु समुदायको संस्कृतिलाई घृणाको दृष्टिले हेरिन्छ । थारु समुदायका पर्वहरुमा बिदा दिइँदैन । स्थानीय बिदा हुनुपर्नेमा पर्वकै दिन परीक्षा राखिन्छ, जसले गर्दा यमोसाजस्तो मौलिक तथा सांस्कृतिक सम्पदा लोप हुन गइरहेको छ । विभिन्न जातजातिका संस्कृतिलाई राष्ट्रको सम्पत्तिका रुपमा जगेर्ना गर्नका लागि राज्यले नै ठोस कदम चाल्नुपर्छ, अन्यथा पाश्चात्य संस्कृतिले नेपालका मौलिक लोकसंस्कृतिहरुलाई विस्थापित गर्ने कुरामा दुईमत नहोला ।

ब्रेकिङ ःहाम्रो देशमा यमोसा मनाउने वातावरण छैन । राज्यबाट नै वातावरण बिगार्ने काम भइरहेको छ । थारु समुदायलाई आफ्नो संस्कृति, रीतिरिवाज प्यारो लाग्छ तर बाध्य भई आफ्नो संस्कृति छोड्नु परिरहेको छ । किनकि, यहा“ नाम मात्रको सद्भाव छ तर गहिरिएर हेर्ने हो भने गैरथारुद्वारा थारु समुदायको संस्कृतिलाई घृणाको दृष्टिले हेरिन्छ ।

Comments

About the author

चितवन पोष्ट