गृह » चित्रकला प्रतियोगितामा मिलन पहिलो
कला समाचार समाज

चित्रकला प्रतियोगितामा मिलन पहिलो

????????

रत्ननगर । राष्ट्रिय बालदिवसको अवसरमा बिहीबार रत्ननगरमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको सो प्रतियोगितामा भद्रकाली माविका मिलन गुरुङ पहिलो, जनजागृति माविका आष्मा परियार दोस्रो र पञ्चकन्या माविकी रक्षा लिम्बु तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले नगद पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा मेयर वनले नगरभित्रका बालबालिकाको क्षमता विकास र उनीहरुको अधिकार स्थापित गर्न नगरपालिका लागिपरेको बताए ।
बालबालिकाले पाउनुपर्ने आधारभूत अधिकार दिलाउन प्रतिबद्ध रहेको भन्दै रत्ननगरलाई बालबालिका खुसी भएको नगर बनाउने चाहना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरिन् । नगरस्तरीय बाल क्लबकी अध्यक्ष युनिका ढकालको अध्यक्षतामा भएको कार्यक्रम सामाजिक विकास शाखाकी शारदादेवी पौडेलले सञ्चालन गरेकी थिइन् ।

 

Comments

About the author

चितवन पोष्ट