गृह » उत्सव एक्स्प्रेसको विजेता घोषित
अर्थ समाचार समाज

उत्सव एक्स्प्रेसको विजेता घोषित

भरतपुर । सिटी एक्स्प्रेस मनि ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाका पहिलो हप्ताका विजेताहरुको घोषणा गरेको छ ।
कम्पनीले इलेक्ट्रिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो । चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, शर्मिला बानिया क्षेत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन् । त्यसैगरी, ओपो फोन विजेताका रुपमा सुनिता तामाङ छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे हो । कम्पनीले यस योजना ९० दिनसम्म चल्ने जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट