गृह » करणी मुद्दाका फरार अभियुक्त पक्राउ
समाचार समाज

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

भरतपुर । गत माघ ११ गते माडी नगरपालिका–८ बस्ने ५६ वर्षीय चोकनारायण श्रेष्ठले स्थानीय चार वर्षीया बालिकालाई आफ्नो घरको कोठाभित्र लगी जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले भदौ २७ गते उनकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
मुद्दा परेपछि फरार रहेका श्रेष्ठलाई कानुनी कारबाहीको लागि बुधबार चितवन अदालतमा बुझाइएको छ । पीडित पक्षले माघ १२ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । बालिकाको भरतपुर अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपित युवक पक्राउ
यसैबीच, दुई बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई पक्राउ गरेको छ ।
भरतपुर–१ देवघाटका २२ वर्षीय विवेक खतिवडाले भदौ २६ गते रातिको समयमा स्थानीय ७ वर्षीय र ४ वर्षीय बालकलाई मलद्वारमा मैथुन गरेको आरोप लागेको छ । आरोपित खतिवडालाई मुलुकी ऐन जबर्जस्ती करणीको महल मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको हो । चितवन जिल्ला अदालतमा २८ गते बुधबार म्याद थप भई अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
होटल सञ्चालक पक्राउ
चितवन प्रहरीले वेश्यावृत्ति गरेको आरोपमा भरतपुर महानगरपालिका वडा नं ९ बसपार्कमा रहेको थापा गेष्ट हाउसका सञ्चालक रमेश थापालाई मंगलबार गिरफ्तार गरेको छ ।
गेष्ट हाउसमा महिलाहरु राखी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा थापालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपित थापाले आफूहरुलाई मिति केही दिनदेखि होटल लजमा राखी वेश्यावृत्तिमा लगाएको भनी दुई जना पीडित महिलाहरुले प्रहरीमा लिखित जाहेरी दिएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट