गृह » मेयर कप क्रिकेट प्रतियोगिता हुने
खेलकुद

मेयर कप क्रिकेट प्रतियोगिता हुने

भरतपुर । भरतुर क्रिकेट क्लबको आयोजनामा असोज १ गतेदेखि मेयर कपअन्तर्गत वडा क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ ।
प्रतियोगिताको बारेमा बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । भरतपुर महानगरका सबै वडाहरुबाट र छिमेकी नगरपालिकाबाट समेत प्रतिनिधित्व गराइ खेल भरतपुर स्थित वीरेन्द्र क्याम्पसको चौर नौ बिघामा आयोजनामा गर्न लागिएको क्लबका सल्लाहकार मित्र तिवारीले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार र दोस्रो हुनेले नगद २५ हजार पाउने छन् ।
क्रिकेटको व्यवसायिक प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलाई सद्भावनादूतको रुपमा जिम्मेवारी दिइएको क्लबका अध्यक्ष अनिल अधिकारीले बताए । यस प्रतियोगिताका लागि अनुमानित खर्च १० लाख ५० हजार रहेको अध्यक्ष अधिकारीले बताए ।

 

Comments

About the author

चितवन पोष्ट