गृह » ग्रामीण क्षेत्रमा यातायात सेवा
समाचार समाज

ग्रामीण क्षेत्रमा यातायात सेवा

रत्ननगर । ओमशान्ति माइक्रो यातायात व्यवसायी संघ रत्ननगरले पूर्वी चितवनका ग्रामीण क्षेत्रमा म्याजिक भ्यान सञ्चालनमा ल्याएको छ ।
अहिले सम्म रत्ननगरबाट सौराहाहँुदै हर्नहरि कुमरोज, रत्ननगरबाटै मालपुर हुदै बोद्रहनी, टाँडी चोकबाट भटेनी र टाँडीबाटै माधवनपुरमा म्याजिक म्यान सञ्चालन गरेको संघले थप दुई रुटमा म्याजिक म्यान सञ्चालन गर्ने तयारी गरेको संघका पूर्वी चितवन इज्चार्ज अनिल तामाङले जानकारी दिए । संघले असोज २ गतेबाट टाँडी, पर्सा, खुरखुरे, शन्तिबजार हुदै कठार र पिरानी रुटमा म्याजिक सञ्चालन गर्ने तामाङले जानकारी दिए । त्यसलगतै संघले भण्डारा खुरखुरेलगायतका रुटमा म्याजिक सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । यातायाताको पहँुच नहुँदा ग्रामीण क्षेत्रका जनताले सास्ती भोग्नु परेको अवस्थाको मूल्याङ्कन गरी म्याजिक भ्यान सञ्चालनमा ल्याइएको संघका शाखा प्रमुख समेत रहेका तामाङले बताए । समयमा सवारी साधन नपाउने, पाइहाले पनि महङ्गो शुल्क तिर्नुपर्ने समस्यालाई हल गर्न ग्रामीण क्षेत्रमा सेवा विस्तार गरिएको उनले बताए । संघले पूर्वी चितवनका विभिन्न रुटमा ५० वटा म्याजिक भ्यान सञ्चालनमा ल्याएको छ । संघले चितवनबाट काठमाडौंको लागि एसीसहितको सुविधा सम्पन्न सुमोगोल्ड, बिगरबस, जम्बो हाइस सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट