गृह » बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता
कला समाचार समाज

बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता

भरतपुर । युथ क्लब नारायणगढ र बालकुमारी कन्या माविको संयुक्त आयोजनामा राष्ट्रिय बालदिवस २०७४ को अवसरमा ‘बालमैत्री शासनः बालअधिकारको सम्मान’ मूल नाराका साथ माविस्तरीय चित्रकला प्रतियोगिता बालकुमारी कन्या माविमा सम्पन्न भएको छ ।
चित्रकला प्रतियोगितामा प्रेमबस्ती मावि कक्षा १० मा अध्ययनरत भरतपुर–७ की विद्यार्थी अनिशा खड्का पहिलो, बालकुमारी कन्या मावि कक्षा ९ मा अध्ययनरत भरतपुर–२ की विद्यार्थी सोनी गुप्ता दोस्रो र भानुभक्त माविमा अध्ययनरत भरतपुर–१का विद्यार्थी सन्दिप रानाभाट तेस्रो स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डल अध्यक्ष प्रकाश थापाले घोषणा गरे ।
युथ क्लब नारायणगढका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा बालकुमारी कन्या माविका प्रधानाध्यापक हेरम्बकुमार श्रेष्ठ (असीम) विशेष अतिथि रहेका थिए । युथ क्लब नारायणगढका पूर्वअध्यक्ष सुरेशकुमार श्रेष्ठ, उपाध्यक्ष रामबाबु श्रेष्ठ, कार्यक्रम अधिकृत रामचन्द्र आचार्यलगायतले बाल दिवसलाई बालबालिकाको क्षमता विकास र प्रतिभा प्रष्फुटन गर्ने कार्य गर्नुपर्ने कुरामा जोड दिए ।

Comments

About the author

चितवन पोष्ट