गृह » ब्राह्मणको मह¤व
विचार

ब्राह्मणको मह¤व

डा. मतिप्रसाद ढकाल
पाण्डवहरु वनवास गइसकेपछि युधिष्ठिरले अन्नका लागि सूर्यको उपासना गरे भने सूर्यले युधिष्ठिरलाई वरदानस्वरुप एउटा अक्षयपात्र प्रदान गरे । वनवासकै क्रममा महर्षि मार्कण्डेयले पाण्डवहरुलाई ‘म न हर्षित छु न त मुस्कुराएको छु, हर्षजनित अभिमानले मलाई कहिल्यै स्पर्श गरेको छैन’ अनि ‘आपूmलाई बलवान् सम्झेर अधर्म गर्नु हुँदैन’ भनेर धर्मको उपदेश दिन्छन् । त्यसपछि वनपर्वको छब्बीसौँ अध्यायमा दल्भपुत्र बकले युधिष्ठिरलाई ब्राह्मणहरुको मह¤व बताएको पाइन्छ ।
महात्मा पाण्डवहरुले निवास गर्न लागेका बेला विशाल द्वैतवन ब्राह्मणहरुले भरिएको थियो । तलाउले युक्त भएको त्यो वन सदैव सबैतिरबाट उच्चरित हुने वेदमन्त्रहरुको उद्घोषले गर्दा ब्रह्मलोक नै हो कि भन्ने आभास हुन्थ्यो । यजुर्वेद, ऋग्वेद र सामवेद तथा गद्यभागको उच्चारणद्वारा जुन ध्वनि निस्कन्थ्यो त्यो अत्यन्त हृदयस्पर्शी हुन्थ्यो । पाण्डवहरुले चलाएको धनुको टङ्कार शब्द र बुद्धिमान् ब्राह्मणहरुको वेदमन्त्रहरुको उद्घोष दुवै मिल्दा यस्तो प्रतीत हुन्थ्यो कि मानौँ ब्राह्मणत्व र क्षत्रियत्वको सुन्दर संयोजन भइरहेको छ । एकदिन धर्मराज युधिष्ठिर ऋषिहरुका बीचमा बसेर सन्ध्योपासना गरिरहेका थिए । त्यसैबेला दल्भका पुत्र बक नामक महर्षिले युधिष्ठिरलाई ब्राह्मणहरुको मह¤व बताएका हुन् ।
द्वैतवनमा तपस्वी ब्राह्मणहरुले होम गर्ने बेला सबैतिरका वेदीहरुमा अग्नि प्रज्वलित भइराखेको सुन्दर दृश्य देखिन्छ । भार्गव, आङ्गिरस, वासिष्ठ, काश्यप, आत्रेय आदि सम्पूर्ण जगत्का श्रेष्ठ ब्राह्मणहरु आएर युधिष्ठिर आदि क्षत्रियहरुसँग भेटघाट गरेका छन् । जब ब्राह्मण क्षत्रियसँग र क्षत्रिय ब्राह्मणसँग मिल्छन् तब दुवै प्रचण्ड शक्तिशाली भएर त्यसरी नै आप्mना शत्रुहरुलाई भस्म गर्छन् जसरी अग्नि र वायु मिलेर सारा वनलाई डढाइदिन्छन्–
ब्रह्म क्षत्रेण संसृष्टं
क्षत्रं च ब्रह्मणा सह ।
उदीर्णे दहतः शत्रून्
वनानीवाग्निमारुतौ ।।
(म.भा.३।२६।१०)
यसलोकमा र परलोकमा पनि विजय प्राप्त गर्न चाहने सरकार प्रमुख कुनै ब्राह्मणको साथ नलिईकन धेरै समयसम्म शासनसत्तामा टिकिरहन सक्तैन । जसले धर्म र अर्थको शिक्षा पाएको छ तथा जसको मोह दूर भएको छ त्यस्तो ब्राह्मणलाई प्राप्त गरेर सरकार प्रमुखले आप्mना सम्पूर्ण शत्रुहरुलाई परास्त गर्न सक्छ । राजा बलिले पनि प्रजापालनजनित कल्याणकारी धर्मको आचरण गर्नका लागि ब्राह्मणको आश्रय लिनुबाहेक अर्को कुनै उपाय थिएन । ब्राह्मणकै सहयोग पाएर राज्याधिकार प्राप्त गरेका विरोचनपुत्र बलि राजाको जीवन सम्पूर्ण आवश्यक कामोपभोग सामग्रीले सुसम्पन्न भई उनलाई अक्षय राज्यलक्ष्मीसमेत प्राप्त भयो । परन्तु बलि राजाले ब्राह्मणहरुसँग दुव्र्यवहार गरेका कारण उनी राज्यको सम्पूर्ण ऐश्वर्यबाट वञ्चित भएका थिए ।
नाब्राह्मणं भूमिरियं
सभूतिर्वर्णं द्वितीयं भजते चिरायु ।
समुद्रनेमिर्नमते तु तस्मै
यं ब्राह्मणः शास्ति नयैर्विनीतम् ।।
(पूर्ववत्, ३।२६।१४)
अर्थात् जसलाई ब्राह्मणको सहयोग प्राप्त भएको छैन त्यस्ता क्षत्रियका साथमा यो ऐश्वर्यपूर्ण भूमि वा शासनसत्ता दीर्घकालसम्म रहँदैन । जुन नीतिज्ञ सरकार प्रमुखलाई श्रेष्ठ ब्राह्मणको उपदेश र साथ प्राप्त भएको छ उसका सामु समुद्रपर्यन्त पृथ्वी नतमस्तक हुन्छिन् । जसरी युद्धमा माहुतेलाई अलग गरिदिँदा हात्तीको सारा शक्ति व्यर्थ हुन्छ, त्यसैगरी ब्राह्मणविना क्षत्रियको सारा बल पनि क्षीण वा निरर्थक हुन्छ ।
ब्राह्मणका साथमा अनुपम दृष्टि वा विचारशक्ति हुन्छ भने क्षत्रियसँग अनुपम बल हुन्छ । त्यसैले यी दुवै शक्ति जब एकैसाथ मिलेर काम गर्छन् तब सारा जगत् सुखी हुन्छ । जसरी प्रचण्ड अग्निले वायुको सहयोग पाएर सुख्खा जङ्गललाई डढाइदिन्छ, त्यसरी नै ब्राह्मणको सहायताद्वारा सरकार प्रमुखले पनि आप्mना सारा शत्रुहरुलाई भस्म गर्न सक्छ । त्यसैले प्रत्येक बुद्धिमान् व्यक्तिले अप्राप्त वस्तुलाई पाउन र प्राप्त भएका वस्तुको वृद्धिका लागि ब्राह्मणहरुबाट बुद्धि ग्रहण गर्नुपर्छ–
ब्राह्मणेष्वेव मेधावी
बुद्धिपर्यषणं चरेत् ।
अलब्धस्य च लाभाय
लब्धस्य परिवृद्धये ।।
(पूर्ववत्, ३।२६।१८)
अप्राप्त वस्तुको प्राप्ति र प्राप्त वस्तुको वृद्धिका लागि यथोचित उपाय बताउनका लागि हरेक सरकार प्रमुखले यशस्वी, बहुशास्त्रविद् र वेदज्ञ विद्वान् ब्राह्मणलाई आप्mनो आश्रयमा राख्नुपर्छ । जसको हृदयमा ब्राह्मणप्रति सदैव उत्तमभाव रहन्छ, त्यस्तो सरकार प्रमुखको कीर्ति स्वदेशमा मात्र होइन संसारभर पैmलिन्छ । आदरसत्कार प्राप्त गरेका सबै ब्राह्मणहरुले सरकार प्रमुखलाई पनि हृदयदेखि नै सम्मान गर्न रूचाउँछन् ।
गुरूर्हि सर्वभूतानां ब्राह्मणः परिकीर्तितः (पूर्ववत्, १।२८।४) अर्थात् सम्पूर्ण प्राणीहरुमध्येमा ब्राह्मणलाई सर्वश्रेष्ठ वा गुरू मानिएको हो परन्तु वर्तमान समयमा ब्राह्मणको ब्राह्मणत्व नै क्रमशः लोप हुँदै जान थालेको छ । ब्राह्मणलाई सर्वश्रेष्ठ मान्ने आधार भनेकै ब्राह्मणमा अनुपम विचारशक्ति हुनु हो तर वर्तमानमा ब्राह्मणको विचारशक्तिमा ह्रास आउँदै जानु गम्भीर चिन्ताको विषय हो । आधुनिक ब्राह्मणहरुमा अध्ययन र अनुसन्धान गर्ने परिपाटीको क्रमले अधोगति प्राप्त गर्न थाले पनि केही ब्राह्मणमा पितापुर्खाको तपस्याका बलले ब्राह्मणत्वका झिल्काहरु भेट्न सकिन्छ । त्यसबाहेक जन्मले अब्राह्मण भए पनि बौद्धिक चिन्तनका दृष्टिले ब्राह्मणको कोटीमा पुग्न सफल भएका केही व्यक्तिहरुको सत्प्रयासलाई दृष्टिगत गरी परम्परागत ब्राह्मणहरुमा ब्राह्मण बन्न जन्मले मात्र होइन बौद्धिक चिन्तन पनि अपरिहार्य छ भन्ने चेतना पलाउन जरूरी छ र यस्तो चेतना जति छिटो पलाउन सक्छ त्यति नै छिटो हरेक ब्राह्मणमा ब्राह्मणत्वको उदय हुँदै जानसक्ने सम्भावना देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

Comments

About the author

चितवन पोष्ट