गृह » जेसीज कपको उपाधि मनाङ मस्र्याङ्दीलाई
खेलकुद

जेसीज कपको उपाधि मनाङ मस्र्याङ्दीलाई

नारायणगढ । नारायणगढको क्याम्पाचौरमा भएको प्रथम ई–प्लानेट जेसीज कपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई २–१ यो अन्तरले परजित गरेपछि मनाङले उपाधि जितेको हो । खेलको पहिलो हाफको १९औँ मिनेटमा मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले पहिलो गोल गरे । त्यसपछि खेलको ४० औँ मिनेटमा फेरि सुजलले नै दोस्रो गोल गरेका थिए ।
पहिलो हाफ सकिँदासम्ममा नेपाल एपिएफ क्लबसँग २–० गोलअन्तरले अग्रता कायम गरेको खेलमा दोस्रो हाफको १९औं मिनटमा एपीएफका लागि हरि कार्कीले गोल गरे । त्यसपछि खेलले रोमाञ्चक मोड लियो । तर, एपीएफका हरिले गरेको गोल जितका लागि पर्याप्त नभएपछि उपाधी मनाङको पोल्टामा प¥यो ।
जितसँगै मनाङ मस्र्याङ्दीले नगद तीन लाख ५० हजार रूपैयाँसहित ट्रफी पाएको छ भने उपविजेता एपीएफले एक लाख ७५ हजार रूपैयाँ र ट्रफी पाएको छ । विजेता र उपविजेता टोलीलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा वेष्ट प्लेयर अफ दी सिरिज र सर्वाधिक गोल कर्ताको उपाधि मनाङका सुजल श्रेष्ठले पाए । उत्कृष्ट गोल रक्षकको उपाधि पनि मनाङका दिनेश थापाले पाए भने उत्कृष्ट टीम झापा ११ घोषित भयो । फाइनलमा प्लेयर अफ दी म्याच एपीएफका हरि कार्की घोषित भए ।

Comments

About the author

चितवन पोष्ट