गृह » ट्रक पल्टिँदा एकको मृत्यु, तीन घाइते
समाचार समाज

ट्रक पल्टिँदा एकको मृत्यु, तीन घाइते

केशव अधिकारी
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारे स्थित पृथ्वी राजमार्गमा सोमबार बिहान ट्रक दुर्घटना हँुदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परि धादिङको ज्वालामुखी गाउँपालिका वडा नंं ७ निवासी ३० वर्षीय खेमबहादुर छत्कुलीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । काठमाडौँबाट चितवनका लागि छुटेको ग १ ख ४९६४ नम्बरको ट्रक सोमबार बिहान अनियन्त्रित भई सडकबाट ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकका चालक प्रदीप थपलियासहित यात्रुहरु ज्ञानेन्द्र छत्कुली र सुजन कँडेलसमेत तीन घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

About the author

चितवन पोष्ट