गृह » माडीका बाढीपीडितलाई राहत वितरण
समाचार समाज

माडीका बाढीपीडितलाई राहत वितरण

माडी । विद्युतीय व्यवसायी महासंघ तथा विद्युतीय व्यवसायी संघ चितवनले संयुक्तरुपमा माडी नगरपालिका वडा नं. ९ का बाढीपीडितलाई राहत वितरण गरेको छ ।
माडी नगरपालिका वडा नं. ९ कुसुमखोला स्थित आधारभूत विद्यालय कुसुमखोलाका ११५ जना विद्यार्थीलाई स्कुल व्याग तथा एक वर्षभरिलाई पुग्ने स्टेशनरीका सामान वितरण गरिएको हो । साथै केही बाढीपीडित स्थानीयहरुलाई लत्ताकपडा पनि वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले आफूहरुको संस्था व्यापारिक संस्था भएता पनि विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने अभियान सञ्चालन गरिरहेको बताए ।
महासंघका अध्यक्ष तेजनारायण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछाने विद्यालयका अध्यक्ष कमल चेपाङ, प्रअ साजन गुरुङ, स्थानीय समाजसेवी गंगाबहादुर अधिकारी, अशोक पाण्डे, लक्ष्मण सुनार तथा संघका कार्यसमितीका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट