गृह » देवघाटमा वृक्षरोपण
समाचार समाज

देवघाटमा वृक्षरोपण

देवघाट । लायन्स क्लब अफ नारायणगढ र लियो क्लब अफ नारायणगढको संयुक्त आयोजनामा सोमबार देवघाटमा वृक्षरोपण गरिएको छ ।
देवघाटको पौडेल वृद्धाश्रम परिसरमा रहेको पार्कमा लायन्स र लियोले ३० विरुवा रोपेका हुन् ।
सतनचुली सामुदायिक वनका अध्यक्ष लीलाबहादुर पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा आँप, लिचि कटहर, तेजपत्ता, रुद्राक्ष, दालचिनीलगायतका ३० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक शेखर धरेलले जानकारी दिए । पार्कलाई व्यवस्थित र हराभरा बनाउन वृक्षरोपण गरिएको संयोजक धरेलले बताए ।
लियो क्लब अफ नारायणगढका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ नारायणगढका अध्यक्ष हेमन्तध्वज जोशी, लियो क्लब अफ नारायणगढका सचिव कृष्णचन्द्र पौडेललगायत लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट