गृह » बालिका र वृद्धवृद्धाहरुलाई खाना सहयोग
अर्थ समाचार समाज

बालिका र वृद्धवृद्धाहरुलाई खाना सहयोग

भरतपुर । समाजसेवी एवम् व्यवसायी राजन कार्की र निरु कार्कीले श्रीराम जानकी बालिका आश्रम र मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ ।
पितृहरुको सम्झनामा कार्की दम्पतीले राम जानकी आश्रममा आश्रित बालिकाहरुलाई एक दिनको खाना र भरतपुरमा रहेको मानव सेवा आश्रममा रहेकाहरुलाई एक छाक खाना खुवाएको हो ।
रामजानकी आश्रममा ४८ जना बालिकाहरु आश्रय लिएर बसिरहेका छन् । यस्तै मानव सेवा आश्रममा भने सडकमा कष्टकर जीवन गुजारीरहेकाहरुलाई आश्रय दिइएको छ । समाजसेवी एवम् व्यवसायी राजन कार्कीले पितृको सम्झनामा एक दिनको भए पनि सहयोगस्वरुप खाना खुवाइको बताए । उनले विगतमा पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

Comments

About the author

चितवन पोष्ट