गृह » कलर्सको शतप्रतिशत नगदफिर्ता उपहार योजना
अर्थ

कलर्सको शतप्रतिशत नगदफिर्ता उपहार योजना

भरतपुर । कलर्स मोबाइलले पर्वमय उत्सवको अवसर पारेर एक पर्वोत्सवउपहार योजना १०० प्रतिशत नगद फिर्ता उपहार योजना ल्याएको छ ।
यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पी४५, पी५५ सेल्फी र पी७० को खरीदमा लागू गरिएको कम्पनीले जनाएको छ । हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ । जसले १०० प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।
कलर्स मोबाइल नेपाली मोबाइलको बजारमा यसको आविष्कार–उन्मुख फोनहरु, सुफथमूल्य र बिक्री पछिको सर्भिसका लागि चिरपरिचित रहँदै आएको छ । यसले गर्दा बजारमा कलर्स मोबाइलको विश्वसनीयता अझ मजबुत बनेको छ र ३० लाखग्राहकहरु भएको गर्व छ कलर्ससँग र यो संख्या अझ बढ्ने क्रममा रहेको छ ।

Comments

About the author

चितवन पोष्ट