गृह » कोरियन सरकारबाट कीट सहयोग
समाचार समाज स्वास्थ्य

कोरियन सरकारबाट कीट सहयोग

रत्ननगर । कोरियन सरकारले रत्ननगरको बाढी प्रभावित क्षेत्रका ११० घरपरिवारलाई मेडिकल कीट वितरण गरेको छ ।
नेपालका लागि कोरियन राजदूत पार्क योंग सिक, कोइकाका कन्ट्री डाईरेक्टर योंग क्यो किमलगायतले बाढी प्रभावितलाई प्राथमिक उपचार र स्वच्छता सामग्री वितरण गरे । अहिले न्युन मात्रामा सो सामग्री वितरण गरिए पनि अर्को साता दुई हजार घरपरिवारलाई पुग्ने सामग्री वितरण गर्ने सो अवसरमा बताइएको थियो । सामग्री वितरण कार्यक्रममा राजदूत सिकले नेपालसँग जनस्तरबाटै सम्बन्ध रहेको भन्दै बाढीले पु¥याएको अप्ठ्यारो अवस्थालाई छिटै सहज होस् भन्ने कामना गरे । बाढी पछि अनुसन्धान गर्दा यहाँ मेडिकल कीट आवश्यक रहेको पाइएकाले सो सामग्री वितरण गरिएको पनि उनले बताए । मेडिकल कीट वितरणअघि रत्ननगर नगरपालिकाले कोरियन राजदूतलगायतको टोलीलाई स्वागत कार्यक्रम राखेको थियो । सो अवसरमा रत्ननगर नगरपालिकका प्रमुख नारायण वनले नगरपालिकाको वस्तु स्थितिबारे राजदूतलाई जानकारी गराउँदै दुई देशबीच भगिनी सम्बन्ध बनाउन पहल गर्न आग्रह गरे । जवाफमा कोरियन राजदूत सिकले दुई देशको नगरपालिकाबीच भगिनी सम्बन्ध बढाउने समेत बताए । रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले कोरियाली सरकारले रत्ननगरलाई देखाएको सद्भावको स्वागत गर्दै धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले कोरियाको शीप र प्रविधि रत्ननगरमा ल्याएर उद्योग व्यवसायको विकासमा सहयोग गर्न आग्रह गरे ।

 

Comments

About the author

चितवन पोष्ट