गृह » भिक्टोरियस कप फुटबल सुरू
खेलकुद

भिक्टोरियस कप फुटबल सुरू

पदमपुर । कालिका नगरपालिका–७ सगुनटोल स्थित भिक्टोरियस युथ क्लबको छैठौ वार्षिक उत्सवको अवसरमा आइतबारबाट भिक्टोरियस कप फुटबल सुरू भएको छ ।
कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष दिवश सिंजाली मगरको अध्यक्षतामा सो उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिताको आइतबारको खेल आयोजक भिक्टोरियस युथ क्लब र सुनौलो तारा युवा क्लब भोकाहा रत्ननगरबीच भएको थियो । प्रतियोगितामा २६ वटा समूहले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल असोज १० गते हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार ५०५ रूपैयाँ र द्वितीय हुने समूहले ७ हजार ५०५ रूपैयाँ तथा सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा कालिका वडा नं. १ का वडाध्यक्ष लीलाबहादुर गुरुङ, वडा नंं. ३ का वडाध्यक्ष टिकाराज रिजाल, वडा नं. ७ का वडाध्यक्ष डिल्लीप्रसाद दवाडी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख बासुदेव खतिवडालगायतको उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट