गृह » अलपत्र भोसराघाट तथा सिसौं भगडी पर्यटन क्षेत्र
समाचार समाज

अलपत्र भोसराघाट तथा सिसौं भगडी पर्यटन क्षेत्र

दिव्यनगर । पश्चिम चितवनकै प्राचिन मार्ग भोसराघाट र महत्वपूर्ण पर्यटन क्षेत्र मानिएको सिसौ भगडी पर्यटनको दिर्घकालीन योजना नहुदा अलपत्र परेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २६ अन्र्तगत पर्ने सिसौ भगडी क्षेत्र र नारायणी नदीमा पुल नबन्दासम्म डुगांको माध्यमबाट नवलपरासीको पिठौलीसम्म आवतजावत गरिने सो क्षेत्र आफैमा धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व र सम्भावना बोकेका पर्यटकीय क्षेत्र हुन् ।
कालाबञ्जर मध्यवर्ती क्षेत्रमा पर्ने नारायणी तटमा अवस्थित बाघक्षेत्रको रुपमा चिनिने यो क्षेत्र पर्यटन क्षेत्र घोषणा गरेको भए पनि पर्याप्त योजनाको अभावमा बेबारिसे बनेको कालाबञ्जरा बातवरण संरक्षण तथा पर्यटन विकास समितिका सल्लाहकार टुकमान गुरूङले बताए ।
पहिलेदेखि आदीवासी थारु, बोटे, कुमालहरुको बसोबासस्थल मानिने यहाँ प्रत्येक वर्ष मेला हरिबोधिनी एकादशीका दिन मेला लाग्ने भगडी मन्दिरको साथै लामो बाक्लो सिमसार क्षेत्र बाघको बासस्थानको तथा हिउँदमा देखिने साइबेरियन हाँस, क¥याङकुरुङ लगायत धेरै किसिमका चराहरु, एक सिंगे गँैडा तथा गोहीको मुख्य बासस्थान, नोकिया ताल, थारु सङ्ग्रहालय यहाँको विशेषता रहेको गुरूङले बताए । उनले भने, ‘नारायणी पारी निकुञ्ज भएकोले हात्ती सफारी सुरू गरी मनै लोभ्याउने वन्यजन्तु देखिने यस ठाउँ व्यवस्थित तथा प्रचारप्रसार गर्न सके सिसौ भगडीमा पर्यटकको लर्को लागेर सौराहा, मेघौली जस्तो बनाउन सकिन्छ ।’
यसै क्षेत्रमा रिसोर्ट सञ्चालन गरेर बसेका अर्जुन महतोले बाघको डरले साँझ परेपछि स्थानस्य घरबाहिर ननिस्कने बताउँछन् भने गैँडा दिउँसै किसानको खेतमा धान चरिरहेको देख्न सकिने र फैलिएको सिमसार क्षेत्रमा हिउँदमा चराचुरुङंीले ढाक्ने बताउँछन् । हिउँदमा पर्याप्त पर्यटन आएपनि बाटोघाटोको सुविधा नहँुदा र भ्युटाबर, पिकनिकस्थल तथा पार्क र होम स्टे, पदमार्ग, शवदहन क्षेत्र लगायत निमार्ण गर्न सके भगडी पर्यटन क्षेत्रको मुहार फेरिने महतो विचार छ ।
स्थानीय बासिन्दा तथा कालाबञ्जरा वातवरण संरक्षण तथा पर्यटन विकास समितिका सदस्य रामप्रसाद थौधरीले आदिबासी थारूजातीको र्धामिक तथा प्राचिन महत्व बोकेको नोकिया ताल २०४५ सालसम्म अस्तित्वमा रहेको र जलदेवी भनेर पूजिने सो तालको अनेकौ धार्मिक किम्बदन्ती रहेको बताउँछन्. । घरमा बिहेपर्दा जलदेविसँग भाँडा माग्दा आफै डुगांमा भाडाकँुडा आउने र सकेपछि सफागरेर बुइmाउनु पर्ने डुंगामा भाँडाकुँडा राखेपछि गायब हुने गरेको तर एक जना महिलाले एउटा भाँडा लुकाउँदा पछि यो बन्द भएको र त्यो महिलालाई बाघले खाएको किम्बदन्ती चर्चित हुनुको साथै बेलायती माहारानी एलिजाबेथ द्वितीयले तालको गोही मार्न नजिकै बाट तीन गोली हान्दा पनि नलागेपछि ढोगेर गएको चौधरीले बताए ।
मर्मत संभारको अभावमा बन्द हुन लागेको थारू सङ्ग्रहालयमा राप्तीदुन, प्रगना रहँदादेखिका थारु भेषभुषा र भाडावर्तन संङ्ग्रहालय रहेको बताउँछन् ।
भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस महत्वपूर्ण पर्यटकीय स्थललाई व्यवस्थित गर्ने, आफ्नो पहिलो जिम्मेबारी रहेको बताए । विज्ञसँग सरसल्लाह गरी वृहत् योजना बनाएर महानगरपालिका तथा सरकारको ढोका ढकढक्याउने र पाँच वर्ष भित्रमा सिसौ भगडी पर्यटन क्षेत्रको मुहार फेर्ने वडाध्यक्ष खनालले बताए । वडाका अधिकार र कार्यदिशाका बारेमा स्पष्ट नभएसम्म र पर्याप्त बजेटको अभावमा योजना तर्जुमा गर्न ढिलाइ भइरहेको वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताए ।

 

Comments

About the author

चितवन पोष्ट