गृह » हंस सहकारीको १४ औं वार्षिक साधारण सभा
अर्थ समाचार समाज

हंस सहकारीको १४ औं वार्षिक साधारण सभा

भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे १४ औं वार्षिक साधारण सभा शनिबार नारायणीकला मन्दिरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको सभामा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेल, जिल्ला सहकारी संघ चितवनका सञ्चालक सदस्य भगवती पौडेल, विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमा स्थानीय निकायमा जननिर्वाचित संस्थाका सेयर सदस्यहरु, सामाजिक व्यावसायी क्षेत्रमा उच्च पद हासिल गर्न सफल तथा उच्च सम्मान प्राप्त गर्ने सेयर सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । सचिव लेखराज पन्तले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट