गृह » चनौलीमा निःशुल्क श्वास्थ शिविर
समाचार समाज स्वास्थ्य

चनौलीमा निःशुल्क श्वास्थ शिविर

चनौलीबजार । भरतपुर महानगरपालिका वडा नं. २० चनौलीमा जीपी पोलिक्लिनिक बसन्तचोकको आयोजनामा एक दिने निःशुल्क श्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
बरिष्ठ नाक, कान, घाँटी तथा क्यान्सर रोग विशेषज्ञ डा अमन श्रेष्ठ, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा हेमन्तकुमार गुप्ता, वरिष्ठ नजवात शिशु तथा बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ता, वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा जेनी श्रेष्ठ, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जक तथा मुत्ररोग विशेषज्ञ डा राजिब शाहा तथा वरिष्ठ फिजिसियन डा हरिकृष्ण ढकाललगायतले निःशुल्क श्वास्थ्य परीक्षण गरेको सो शिविरमा ल्याब परीक्षणमा पनि छुट गरिएको थियो । शिविरमा २०० जनाले श्वास्थ्य लाभ लिएको चनौली जीपी पोलिक्लिनिक बसन्तचोक चनौलीका प्रमुख राजन त्रिपाठीले बताएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट