गृह » ‘बाढीपीडितलाई भारत सरकारबाट क्षतिपूर्ती दिलाउन सरकार लागिपरेको छ’
अर्थ समाचार समाज

‘बाढीपीडितलाई भारत सरकारबाट क्षतिपूर्ती दिलाउन सरकार लागिपरेको छ’

कावासोती । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले गण्डक, लक्ष्मणपुर तथा कोशी बाँध पीडितका लागि भारतीय पक्षबाट क्ष्तिपूर्ति दिलाउनका लागि सरकार लागिपरेको बताएका छन् ।
बर्दघाटमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले भूकम्प तथा बाढी पहिरो पीडित लागि अब राहत मात्र होइन दीर्घकालीनरुपमा नै निकास दिने तयारी गरेको समेत बताए । सम्मेलनमा बोल्दै बस्नेतले नवलपवरासी जिल्ला दुई जिल्लामा विभाजन भए पनि कहिले देखि कार्यान्वयनमा आउने हो भन्ने आफूले यसै भन्न नसक्ने बताएका छन् । अब २ नम्बर क्षेत्रमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने र मंसिरमा हुने प्रादेशिक तथा केन्द्रीय चुनावसमेत तोकिएकै समयमा हुने बताएका छन् ।
पत्रकार सम्मेलनको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले गरेको भनिए पनि प्रेस युनियनका केन्द्रीय सचिव केबी रानाको अध्यक्षता भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट