गृह » मासिक २० हजार लोक गीत प्रतिष्ठानलाई प्रदान
अर्थ राजनीति

मासिक २० हजार लोक गीत प्रतिष्ठानलाई प्रदान

कावासोती । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफूले प्राप्त गर्ने तलबबाट मासिक रुपमा २० हजारका दरले राष्ट्रिय लोक तथता दोहोरी गीत प्रतिष्ठानलाई कोठा भाडा तिर्नका लागि उपलब्ध गराउने बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकोे १६ औं केन्द्रीय साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुने । प्रतिष्ठानको बर्दघाटमा सम्पन्न भएको १६ औं केन्द्रीय साधारणसभामा लोक संगीतको क्षेत्रमा योगदान पु¥याउने श्रष्टालाई सम्मान समेत गरिएको थियो ।
प्रतिष्ठानले अग्रज श्रष्टा सम्मान २०७४ बाट लोक संगीतका धरोहर कुमार बस्नेतलाई सम्मानपत्र र नगद ५५ हजार ५५५ रूपैयाँसहित सञ्चारमन्त्री बस्नेतको हातबाट सम्मान गरिएको छ । त्यस्तै प्रतिष्ठानले नारायण पाण्डे स्मृति पुरस्कारबाट देवीप्रसाद अर्याललाई सम्मान गरेको छ ।
लोक पत्रकारिताबाट सञ्चारकर्मी शोभा त्रिपाठी सम्मानित भएकी छन् भने संस्थापक केन्द्रीय सदस्य गजेन्द्र आले, गोकर्ण खनाललगायतलाई समेत सम्मान गरेको छ । साधारणसभा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बदी्र पंगेनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

Comments

About the author

चितवन पोष्ट