गृह » मेगा बैंकको घरदैलो
अर्थ

मेगा बैंकको घरदैलो

रत्ननगर । मेगा बैंक टाँडी शाखाले बैंकले प्रदान गर्ने सेवाको बारेमा नागरिकलाई बुझाउन घरदैलो सुरू गरेको छ ।
सो बैंकले शनिबार रत्ननगर वडा नं. १० को कल्याणटोल र पिठुवामा घरदैलो गरेको हो । बैंकले जनताको घरघरमा पुगेर बैंकले प्रदान गर्ने सेवाहरु, बचत गर्दाको फाइदाका बारेमा जानकारी गराउँदै घरमै पुगेर खाता खोल्ने व्यवस्थासमेत मिलाएको बैंककी अपरेशन इन्चार्ज सुशीला अर्यालले जानकारी दिइन् ।
कार्यक्रममा कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले घरघरमै आएर सेवाको बारेमा विश्वास दिलाउने मेगा बैंक पहिलो भएको भन्दै सेवालाई प्रभावकारी बनाएर नागरिकको मन जित्न आग्रह गरे । कार्यक्रममा टाँडी शाखा प्रबन्धक भीम पोखरेलले बैंकले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउँदै जनतालाई विश्वास दिलाउन सेवालाई प्रभावकारी बनाइएको बताए ।

Comments

About the author

चितवन पोष्ट