गृह » २ नं प्रदेशको चुनावी रौनक
विचार

२ नं प्रदेशको चुनावी रौनक

– डा. धनपति कोइराला
६ वटा प्रदेशको स्थानीय तहको चुनाव सम्पन्न भइसकेको करिब अढाई महिनापछि प्रदेश नं २ मा आगामी आश्विन २ गते निर्वाचन हुने प्रायः निश्चित भएको छ । विभिन्न दलका नेता, कार्यकर्ता र स्वतन्त्र रुपमा विभिन्न व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएपछि अनेकौँ कौतुहलता र आशंकालाई मेट्तै २ नं प्रदेशले चुनावी माहोल सृजना गरेको छ ।
मधेसवादी दलहरुले संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र आन्दोलनमा वीरगति प्राप्त गरेका परिवारजनलाई क्षतिपूर्ति, घाइतेलाई उपचार र झूठा मुद्दा फिर्ता गर्नुपर्ने माग राखी दुई चरणका निर्वाचनमा भाग नलिइरहेका मधेसवादी दलहरुले समेत निर्वाचनमा भाग लिएपछि यसले नेपालकै अन्य प्रदेशदेखि अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकृष्ट गरेको छ ।
खासगरी, राजपाले संविधान संशोधनलाई आप्mनो बटम लाइन बनाएर दुई चरणको निर्वाचनमा भाग नलिएको राजपाले अन्ततः व्यवस्थापिका संसद्मा दर्ता भएको संशोधन विधेयक पारित भए पनि नभए पनि तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने सहमति जनाएपछि सरकारले संशोधन प्रस्ताव निर्णायार्थ पेस गरेको थियो । मतदान हुँदा संशोधन विधेयकका पक्षमा दुईतिहाई मत प्राप्त हुन नसकी प्रस्ताव असफल भए पनि राजपाले निर्वाचनमा भाग लिने निर्णय लियो र उम्मेदवारी दर्तासमेत गरायो । यसबाट अब संविधान कार्यान्वयन आरम्भ भएको अनुभूत गरिएको छ भने मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन हुने निश्चितजस्तै भएको पनि छ ।
यद्यपि, राजपाको उम्मेदवारी दर्तामा निकै असन्तुष्टि देखा प¥यो । नेताका घरमा ढुङ्गामुढा गर्नेदेखि आगजनी गर्ने कार्यमा समेत कार्यकर्ताहरु उत्रिए । फलतः यस प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको सङ्ख्या सर्वाधिक रहेको देखिएको छ । राजपाले कतिपय स्थानमा आप्mना कार्यकर्तालाई उम्मेदवार नबनाएको भन्दै नेताहरु नै विद्रोहमा उत्रिए र अर्को पार्टीबाट आप्mना कार्यकर्तालाई अर्को पार्टीबाट उम्मेदवारी दिलाए । अहिले आपूmसहित कार्यकर्ता लिएर अन्य पार्टीमा प्रवेश गर्ने सङ्केत दिइरहेका छन् ।
हुन पनि छवटा पार्टीलाई एकीकृत गरी निर्माण गरिएको एउटा पार्टीमा थोरै मात्रामा यस्तो समस्या आउनुलाई सामान्य मान्नुपर्छ । हिजोसम्म अनेकौँ दलमा विभक्त नेता तथा तिनका कार्यकर्ताहरु पनि असङ्ख्य थिए । तिनका इच्छा र आकाङ्क्षाहरु पनि अनेकौँ थिए र हुने नै भए । तिनीहरुलाई मिलाएर साझा उम्मेदवार चयन गर्ने विषय चानचुने थिएन । तर पनि यसलाई जसोतसो राजपाले थामथुम पारेको छ र केही स्थान र क्षेत्रबाहेक साझा उम्मेदवार चयन गर्न सफल बनेको छ । यद्यपि, नतिजा जे आउला वर्तमानमा उभिएर भन्दा यसलाई सकारात्मक मान्नुपर्छ ।
यस्तै स्थिति अन्य दलहरुमा पनि देखियो । कांग्रेस, माओवादी केन्द्र र राजपा आदिले महागठबन्धन बनाउने उद्घोष गरे पनि अन्ततः त्यो उद्घोष त्यसै हावामा बिलायो । कांग्रेसभित्रै जनप्रतिनिधि बन्न चाहनेहरुको ठूलो पङ्क्ति देखेपछि उसले त्यसलाई व्यवस्थापन गर्न सक्ने स्थिति नदेखेर ऊ पछि हट्यो । यस क्षेत्रका कार्यकर्ताले उम्मेदवारी दिन नपाए पार्टी नै परित्याग गर्नेसम्मका चेतावनी आउन थालेपछि ऊ हच्कियो । उसले महागठबन्धको माध्यमबाट यस प्रदेशमा अत्यधिक सङ्ख्यामा विजय हासिल गरी सबैभन्दा ठूलो पार्टी बन्ने सपना सजाएको थियो । हुन त, उसको यो सपना पूरा हुने स्थिति जीवितै छ, तर उसले यो सपना साकार पार्न निकै पापड बेल्नुपर्ने परिस्थिति सृजना भएको छ । उसले राजपाले जारी गरेको घोषणा पत्र र जनमानसको बुझाइ एकै प्रकृतिको देखिएको छ । संविधान संशोधन प्रस्ताव एमालेका कारण विफल भएको देखाएर आपूm मधेसी नेताहरुको पक्षमा रहेको, मधेसीहरुको पक्षमा रहेको सिद्ध गर्न खोजे पनि वस्तुतः त्यो तथ्य प्रचारात्मक तथा चुनावी रणनीतिक प्रकृतिको मात्रै भएको यथार्थ खुलेको स्थिति छ । कतिपय स्थानमा मधेसवादी दल र कांग्रेसी कार्यकर्ताबीच मनमुटाव छ । यसले आन्तरिक गठबन्धनलाई प्रभावित तुल्याउने परिस्थिति देखिएको छ ।
तुलनात्मक रुपमा २ नं प्रदेशमा माओवादी केन्द्रको उपस्थिति त्यति बलियो देखिँदैन । त्यहाँबाट प्रत्यक्षतर्फ जितेर आउने सांसद्हरुको न्यूनताले यस तथ्यलाई सिद्ध गर्दछ । हुन त, मधेसमा जितका निम्ति माओवादीले न्वारानदेखिकै बल लगाएको छ । तर, उसको जनाधार कमजोर रहेको र राष्ट्रिय राजनीतिक जीवनमा पनि उसले त्यस्तो उल्लेख्य कार्य गरी जनताको मन जित्ने कार्य गरेको छैन । यसर्थ, उसले यस प्रदेशमा आशा गर्नु स्वाभाविक भए पनि सफलता हात पार्ने कार्य निकै दुष्कर देखिएको छ ।
मधेसी विरोधी छवि बनाएको एमालेले अरुको सापेक्षमा उम्मेदवारी दर्तामा निकै सन्तुलन कायम गरेको जस्तो देखिएको छ । अर्कातिर अन्य दलका असन्तुष्ट नेता तथा कार्यकर्तालाई समेत टिकट दिएर आप्mनो उपस्थिति बलियो बनाउने प्रयत्न गरेको छ । उसका निम्ति सत्ता गठबन्धनको चुनावी महागठबन्धन बन्न नसक्नु वरदान सावित हुने हो कि भन्ने आँकलन गरिएको छ । एमालेले आपूmलाई मधेसविरोधी नभई मधेसी प्रवृत्ति र सामन्ती संस्कार र संस्कृतिको चाहिँ विरोधी भएको तथ्य सिद्ध गर्न खोजेको छ । एमाले आपूm आदिवासी, मधेसी तराईवासीको पक्षमा रहेको तर हिजो आएका कथित मधेसी नेताहरुको पक्षमा नरहेको, गरिब, उत्पीडित, अल्पसंख्यक र पिछडा वर्गका पक्षमा रहेको दावी गरे पनि उसले यस यथार्थलाई जनसमक्ष राख्न सकिरहेको परिस्थिति भने देखिन्न । सिङ्गो पार्टी पङ्क्ति नै मधेसमा केन्द्रित भए पनि राजपा स्वयंले एमालेलाई संघीयता विरोधी भनिरहेको, विगतको ओलीको खरो अभिव्यक्ति, संगठन विस्तार गर्नमा आएको हिजो अवरोध, भारतीय विस्तारवादी नीति आदिका कारण एमालेले सोचेजस्तो नतिजा आउने बलियो आधार देखिन्न ।
त्यस्तै, परिस्थिति राजपाको पनि छ । उसले आपूmलाई जत्ति नै मधेसीको मसिहा सिद्ध गर्न खोजे पनि नेताका नातावाद र कृपावादबाट सृजित उम्मेदवारी दर्ताले र उसको ढुलमुले चरित्र, स्वार्थपूर्ण व्यवहार, भारतीय पक्षलाई लाभ हुने गतिविधि, विवादास्पद उम्मेदवारी र बागी उम्मेदवारी आदिका कारण अरु कुनै चमत्कार नभएको अवस्थामा उसले पनि बाजी मार्ने स्थिति देखिन्न ।
यस्तै स्थिति संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकहरुमा पनि लागू हुने परिस्थिति छ । सबै एक्लाएक्लै चुनावी मैदानमा उत्रिएको स्थितिमा चुनावी नतिजा यसैको पक्षमा आउला भन्न सकिन्न । तापनि, तराईबाट प्रत्यक्षतर्फ निर्वाचित विधायकहरुको उपस्थितिलाई हेर्दा कांग्रेस नै सर्वाधिक सिट जित्ने र यसपछि क्रमशः राजपा, एमाले, संघीय समाजवादी फोरम, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक विजयी बन्ने स्थिति दखिन्छ ।

Comments

About the author

चितवन पोष्ट