गृह » शिशु र सुत्केरीको लागि शैयाको व्यवस्था
प्रमुख समाचार स्वास्थ्य

शिशु र सुत्केरीको लागि शैयाको व्यवस्था

भरतपुर । भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था गरेको हो ।
यस पत्रिकाको भदौ २१ गतेको अंकमा भुँइमै उपचार गराइरहेको समाचार फोटोसहित प्रकाशनमा आएपछि अस्पताल प्रशासनले शैयाको व्यवस्था गरेको हो ।
भरतपुर अस्पतालका मेसु डा. रुद्र मरासिनीले तत्कालका लागि २० वटा शैया व्यवस्थापन गरिएको बताए । ‘अहिलेलाई जति पुग्छ त्यति गरेका छौँ, उनले भने, ‘बिरामीले दुःख नपाउन भनेर भ¥याङमुनि पनि शैया विस्तार गरेका छौँ ।’
शिशु र सुत्केरी भँुइमै उपचार गर्न बाध्य भनी समाचार प्रकाशनमा आएपछि अस्पताल प्रशासनले यस विषयमा तदारुकता देखाएको हो । विभिन्न वाडमा प्रयोगविहीन अवस्थामा रहेका शैयाहरु प्रयोगमा ल्याइएको उनले बताए ।
हाल भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरु भुँइमै उपचार गराउन बाध्य छन् । दैनिक ६० जना सुत्केरी हुने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जनाए ।

 

Comments

About the author

चितवन पोष्ट