गृह » ‘युवाशक्तिबिना देश विकास असंभव’
राजनीति

‘युवाशक्तिबिना देश विकास असंभव’

नारायणगढ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृ¤वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पश्चिम ताम्सालिङ व्युरो ईञ्चार्ज आधारले युवाबिना देश विकास सम्भव नभएको बताएका छन् । युवाकै सक्रियतामा देशले मुहार फेर्ने भन्दै उनले अहिलेको राज्यसत्ताले युवा जनशक्तिलाई संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार राष्ट्रिय युवा जनस्वयम्सेवक चितवनको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘सत्ताधारी पार्टीहरूले देशका हानहार युवाशक्तिको संरक्षण गर्न नजान्दा दैनिक हजारौँ युवा खाडी मुलुक जान बाध्य छन् ।’
देशले उचित संरक्षण दिन नसकेकै कारण देशको लगानी बालुवामा पानी भएको उनको भनाइ छ । अमेरिका पुगेका एक नेपाली युवा वैज्ञानिक बनेको उदाहरण दिँदै उनले भने, ‘यदी उसलाई संरक्षण गर्न सकेको भए नेपालले एकजना वैज्ञानिक आज यसरी गुमाउनु पर्थेन ।’
यस्तै नेपालका कुनै पनि खेलाडी तथा कलाकारहरूको पनि संरक्षण गर्न नसक्दा विदेश पुगेपछि उतै हराउने प्रवृत्ति बढ्दै गएको उनले बताए । अब पनि संरक्षणको बाटो नखोजिए देश अझै संकटमा पर्ने उनको भनाइ छ । २०५२ सालदेखि नै यही मुद्दालाई उठाएर यहाँसम्म आइपुगेको बताउँदै उनले भने, ‘सत्तामा पुगेपछि अहिलेको माओवादी केन्द्रले यी सब समस्या बिर्से । त्यसैले हामी अहिलेको माओवादी केन्द्रबाट अलग हुनुप¥यो ।’
गरिब निमुखाको हक अधिकारको नारा लगाएर सत्तामा पुगेपछि बिर्सेकै कारण पार्टी एकीकरण हुन नसकेको भन्दै देशका गहना भनिएका खेलाडी तथा कलाकारहरूको नाम बेचेर सत्ताधारी नेताहरूले विदेशी डलरको खेती गरिरहेको आरोप लगाए । नेपालमा अहिलेसम्म घुस्याहाहरूले जग गाडेर बसेको भन्दै उनले भने, ‘अब पनि यो कामलाई नरोक्ने हो भने देशको हालत के होला ?’ स्वदेशमा रोजगारको व्यवस्था सिर्जना हुन नसक्दा दैनिक दजनौँ कुहिएका शव बाकसमा आइरहेको उनको भनाइ छ ।

 

Comments

About the author

चितवन पोष्ट