गृह » एपीएफ फाइनलमा
खेलकुद

एपीएफ फाइनलमा

भरतपुर । ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत शुक्रबार (२३ गते) भएको खेलमा सुदूर पश्चिमाञ्चल ११ लाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै विभागीय टिम एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
एपीएफका लागि हरि कार्कीले २ र नविन लामाले १ गोल गरे । कार्कीले ८० मिनेट र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे । नविनले ८५ मिनेटमा गोल गरे । अन्तिम १० मिनेटमा समालिएर खेल्न नसक्दा दर्शकको समर्थन पाए पनि सुदूर पश्चिम पराजित भयो । शनिबार हुने सेमीफाइनमा विजय यूथ क्लब हेटौँडा र मनाङ मस्र्याङ्दीवीच हुनेछ । विजयी टिमले फाइनलमा एपीएफको सामना गर्नेछ ।
प्लेयर अफ दी म्याच एपीएफका नविन लामा भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफी पाउने छन् । फाइनल खेल भदौ २६ गते हुने आयोजक नारायणगढ जेसिजका खेल संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।

 

 

 

Comments

About the author

चितवन पोष्ट