गृह » मनाङ मस्र्याङ्दी विजयी
खेलकुद

मनाङ मस्र्याङ्दी विजयी

भरतपुर । ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत बिहीबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।
निर्धारित समयको खेलमा १–१ गोल भएपछि खेल पेनाल्टी शुट आउटमा टुंगिएको हो । पेनाल्टी शुट आउटमा ३ का विरुद्ध ५ गोल गर्दै मनाङ मस्र्याङदी विजयी भएको हो । २८ औ मिनेटमा मनाङका सुजन श्रेष्ठले पहिलो गोल गरेका थिए । तर, डी बक्स एरियाभित्र मनाङका रक्षक अनन्त तामाङको ह्याण्ड भएपछि झापा ११ का कर्ण लिम्बुले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका हुन् ।
दोस्रो हाफमा निकै आक्रमक भएको झापाका लागि दर्शकको समेत समर्थन रहेको थियो । जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज शुक्रबारबाट सेमिफाइनलका खेलहरु हुने छन् । पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम विरुद्ध विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्नेछ । ‘प्लेयर अफ दि म्याच’ मनाङका सुजल श्रेष्ठ भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगितामा पहिलो हुने टिमले नगद तीन लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार र ट्रफी पाउने छन् । फाइनल खेल भदौ २६ गते हुने आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले बताए ।

 

Comments

About the author

चितवन पोष्ट