गृह » मानव तस्करलाई कारबाही गर
सम्पादकीय

मानव तस्करलाई कारबाही गर

वैदेशिक रोजगारीका नाममा नेपाली कामदारलाई विभिन्न खाडी राष्ट्र पु¥याएर घरेलु कामदारका रुपमा बिक्री गर्ने गिरोहको सञ्जाल वृद्धि भइरहेको छ । नेपालमा मानव तस्करी भयावह देखिए पनि मानव तस्कर÷एजेन्टलाई सरकारले कारबाही गर्न सकेको पाइँदैन । केही समयअघि विभिन्न खाडी राष्ट्रमा घरेलु कामदारका रुपमा बेच्न सक्रिय १२१ भन्दा बढी तस्कर नेपालमा रहेको तथ्य खुलेपछि मानव तस्करहरुको सञ्जाल व्यापक रहेको देखिएको हो । युएईस्थित नेपाली दूतावासले पनि भिजिट भिसा वा कामदार भिसामा नेपाली कामदारलाई अलपत्र पारी ठगी गर्ने ५१ जना मानव तस्करको नाम सार्वजनिक गरेपछि उनीहरुको सञ्जाल नेपालदेखि खाडी राष्ट्रसम्म रहेको प्रमाणित भएको छ । मोटो रकम बुझाएर विभिन्न प्रलोभनमा युएई पु¥याउने र भिजिट भिसा सकिनुअगावै दलाल फरार हुने, काम नखोजिदिने, क्लिनिङ वा भिजिट भिसामा महिला ल्याएर घरेलु कामदारका रुपमा काममा लगाउने गर्दा नेपाली कामदार समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ । खाडी राष्ट्रस्थित नेपाली दूतावासले पीडितसँगको बयानका आधारमा १२१ जना नेपाली तस्करको नामावली कारबाहीका लागि परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयमा पठाएको थियो । तर, अहिलेसम्म ती तस्करलाई कारबाही भए नभएको सार्वजनिक भएको छैन ।
मानव तस्करहरुले नेपालको त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल र भारतीय विमानस्थलमार्फत खाडी राष्ट्रमा पु¥याएर मानव बेचबिखन गर्ने गरेको पाइएको छ । यसरी खाडी राष्ट्र पु¥याइएका नेपाली महिला कामदारहरुले नारकीय जीवन बिताउन बाध्य हुनुपरेको, यौन दुव्र्यवहार, चरम हिंसा तथा क्रूर यातना भोग्नुपरेको पीडा दूतावासमा पोख्ने गरेका छन् । यातना सहन नसकेपछि भागेर दूतावास आउने महिलाको संख्यासमेत बढ्दै गएको छ । सयौँ नेपाली महिला कामदारका रुपमा खाडी मुलुकहरुमा नारकीय जीवन बिताइरहे पनि सरकारले बढ्दो तस्करी नियन्त्रण गर्न सक्रियता देखाएको छैन । मानव तस्कर तथा एजेन्टले खाडी राष्ट्र कुवेत, साउदी अरब, युएई, ओमानलगायतका मुलुकमा नेपाली महिलाको तस्करी गर्दै आएको पाइएको छ । नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पु¥याई घरेलु कामदारका रुपमा बेच्ने तस्करहरुको नाम पहिचान भइसके पनि उनीहरुलाई कारबाही गर्न सरकारले सक्रियता देखाएको छैन । युएईस्थित दूतावासले यसअघि पनि तस्करको नाम, ठेगाना पहिचान गरी परराष्ट्र मन्त्रालय पठाए पनि एकजना पनि पक्राउ नपर्नुले मानव तस्करी नियन्त्रणमा सरकार संवेदनशील नरहेको पुष्टि हुन्छ ।
नेपाली महिलालाई खाडी राष्ट्रमा पु¥याउन तस्करले कुवेत, युएईलगायत देशमा कार्यालय नै खोलेर बसेको बताइन्छ । नेपालमा रहेका तस्कर र खाडी राष्ट्रमा कार्यालय खोलेर बसेका तस्करहरुको समन्वयमा नेपाली महिलालाई घरेलु कामदार बनाई त्यहाँ बेच्ने गरेको भेटिएको हो । कतिपय नेपाली महिलालाई तस्करले पटकपटक गरी तीनवटा देशमा बेचेको पनि भेटिनुले मानव बेचबिखनको स्थिति कहालीलाग्दो रहेको बुझ्न सकिन्छ । नेपाली तस्करले विभिन्न जिल्लामा सक्रिय रहने र खाडी राष्ट्रहरुमा ट्रान्जिट बनाएर नेपाली महिलालाई बेच्ने श्रृंखला चल्दै आएको छ । साउदीस्थित नेपाली दूतावासले करिब तीन सय पीडित महिलाको उद्धार गरी स्वदेश फर्काएको थियो । तस्करले खाडी राष्ट्रमा रकम बुझेपछि नेपाली महिलालाई पशुसरह व्यवहार गर्ने, कठिन काममा लगाउने, कुटपिट गर्नेे, खान नदिने, कोठामा थुनेर राख्ने, यौन दुव्र्यवहार गर्ने र विभिन्न निर्मम यातना दिनेसम्मको हर्कत गर्ने पीडित महिलाहरुले दूतावासमा दिएको बयानबाट थाहा भएको छ । हदैसम्मको यातना भोग्नुपर्ने खबर सुन्दासुन्दै पनि महिलाहरु तस्करको चङ्गुलमा परेर दिनहुँजसो बेचबिखनमा परिरहेका छन् । यो देशकै लागि ठूलो विडम्बना हो । युएईस्थित दूतावासले पठाएको अपराधीहरुको नामावलीअनुसार सरकारले तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्छ । नेपालमा फैलिएको मानव तस्करीको सञ्जाल तोड्दै विभिन्न मुलुकमा रहेका गिरोहको पहिचान गरी कडा कारबाही गर्नु अत्यन्त जरूरी देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट