गृह » एपीएफ विजयी
खेलकुद समाचार

एपीएफ विजयी

भरतपुर । ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत बुधबार भएको खेलमा विभागीय टिम एपीएफले पोखरा – ११ लाई पराजित गरेको छ ।
जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले पोखरालाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो । एपीएफको लागि खेलको चौथो मिनेटमै रमेश डंगोलले गोल गरे । दोस्रो हाफको ४६ मिनेटमा युवराज खड्का र ५६ मिनेटमा रञ्जन विष्टले गोल गरेका हुन् । विष्टले पेनाल्टी गोल हानेका हुन् । पोखराका लागि एक मात्र गोल खेलको ७७ औं मिनेटमा सुनिल विकले गरेका हुन् । एपीएफका लागि अन्तिम गोल इन्जुरी टाइममा पाएको कर्नर प्रहारलाई रुपबहादुर लामाले पोष्टको दिशा दिएका हुन् ।
‘म्यान अफ दि म्याच’ एपीएफका युवराज खड्का भए । उनले नगद पाँच हजार प्राप्त गरे । आज बिहीबार झापा ११ विरुद्ध मनाङ मस्र्याङ्दीले खेल्ने आयोजक संस्थाका सञ्चार संयोजक अर्जुंन अधिकारीले जानकारी दिए । प्रतियोगितामा कूल १० टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद तीन लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार र ट्रफी पाउने छन् ।

 

Comments

About the author

चितवन पोष्ट