गृह » झापा ११ विजयी
खेलकुद

झापा ११ विजयी

भरतपुर । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत मंगलबार भएको खेलमा झापा–११ विजयी भएको छ । प्रतिस्पर्धी टिम हिमालयन शेर्पा क्लब काठमाडौंलाई १ का विरुद्ध ३ गोल गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
झापाले १ गोल आत्मघाती गरेको हो । पहिलो गोल नै खेलको ५ औं मिनेटमा झापाका खेलाडी दिलसान लोख्तामले आत्मघाती गरेका थिए । खेलको १८ औं मिनेटमा झापाका लागि कर्ण लिम्बुले गोल गरे । त्यस्तै ५८ मिनेटमा बुद्ध चेम्जोङले गोल गरे ।
खेलको ७६ औं मिनेटमा हिमालयन शेर्पाका गोल किपर एलन न्यौपानेले झापाका खेलाडी कर्ण लिम्बुलाई डी बक्स एरियामा लडाएपछि पाएको पेनाल्टीमा कप्तान योगेश गुरूङले गोल गरे । ‘म्यान अफ दि म्याच’ झापा ११ का खेलाडी बुद्ध चेम्जोङ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रजिअ नारायण भट्टले नगद प्रदान गरेका थिए ।
२१ गते बुधबारको खेल विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र पोखरा ११ बीच हुने आयोजक संस्थाका सञ्चार संयोजक अर्जुंन अधिकारीले जानकारी दिए । प्रतियोगितामा कूल १० टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद तीन लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार र ट्रफी पाउने छन् । यसअघि भएका खेलमा सुदूरपश्चिम र विजय युथ हेटौंडा विजयी भई सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

 

Comments

About the author

चितवन पोष्ट