गृह » गणेशस्थानमा रोटरीको दन्त शिविर
समाचार समाज स्वास्थ्य

गणेशस्थानमा रोटरीको दन्त शिविर

भरतपुर । रोटरी क्लब अफ चितवन र रोट्¥याक्ट क्लब अफ चितवनको संयुक्त आयोजना तथा साईराम डेण्टल केयर नारायणगढको सहयोगमा मंगलबार भरतपुर–११ गणेशस्थानमा दाँतको परीक्षण शिविर गरिएको छ ।
गणेशस्थान मन्दिर क्षेत्र संरक्षण समिति र गणेशस्थान टोल सुधार समितिको सहयोगमा भएको शिविरमा ११७ जनाले दाँतको परीक्षण गरेका थिए । चितवन रोटरी क्लबका अध्यक्ष शरदगोपाल न्याछ्योले उद्घाटन गरेको शिविरलाई रोटरी क्लब अफ चितवनको निवर्तमान अध्यक्ष चन्द्रमान श्रेष्ठ, साईराम डेण्टल केयरकी प्रवन्धक डा सरु थापा र डा अजय न्यौपानेले मन्तव्य राखेका थिए । सोही अवसरमा भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रोट्¥याक्ट क्लब अफ चितवनका निर्वाचित अध्यक्ष डा तिलक सापकोटा, कोषाध्यक्ष रोशन खरेल, सहसचिव निरज खनालको सहभागिता रहेको क्लबका सामुदायिक सेवा निर्देशक परमानन्द गौतमले बताए ।

 

Comments

About the author

चितवन पोष्ट