गृह » चनौली आँखा अस्पतालमा बिरामीको चाप बढ्यो
समाचार समाज स्वास्थ्य

चनौली आँखा अस्पतालमा बिरामीको चाप बढ्यो

रामशरण गैरे
चनौली । चनौलीबजारमा भरतपुर आँखा अस्पतालको शाखाको रुपमा रहेको चनौली आँखा अस्पताल सेवामा सुधार भएकोले बिरामीहरुको चाप बढेको छ ।
चनौली आखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा भागीरथ चौधरीले भरतपुरको सेवा स्थानीय बजारमै पाएपछि जनता खुसी भए पनि अझ व्यापक प्रचारप्रसारको खाँचो रहेको बताए । स्थानीय सामाजिक संघसंस्थासँग मिलेर पश्चिम चितवनमा आँखा शिबिर ठाउँठाउँमा चलाउँदै आएको छ । विद्यालयहरुमा आँखा जाँच्ने र औषधि चश्मासमेत वितरण गर्ने अभियान चलाइएको बताउँदै डा चौधरीले ग्रामिण भेगका नागरिकलाई आँखासम्बन्धी सबै किसिमका सेवाहरु दिन अस्पताल सक्षम रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी चनौली शाखाका अध्यक्ष बाबुराम श्रेष्ठले चनौली आखा अस्पताले पर्याप्त प्रचारप्रसारको अभावमा स्थानीयहरु अझै पनि भरतपुर धाएर महंगोमा पर्ने गरेको बताउँदै भरतपपुका सबै सुबिधाहरु स्थानीय बजारमा पाउँदा स्थानीयले फाइदा लिनुपर्ने बताए । चनौली आँखा अस्पतालले दिने सेवामा कुनै कमी नदेखिएको बताउँदै श्रेष्ठले प्रचारमा सबै लाग्नुपर्ने बताए ।

Comments

About the author

चितवन पोष्ट