गृह » पोखरा–११ द्वारा पुलिस क्लब पराजित
खेलकुद

पोखरा–११ द्वारा पुलिस क्लब पराजित

भरतपुर । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ को सोमबार भएको खेलमा पोखरा ११ विजयी भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध एक गोलले पराजित गर्दै पोखरा विजयी भएको हो । पोखरा ११ का लागि खेलको ६७ औं मिनेटमा सुुनिल विकले निर्णायक गोल गरेका थिए । विक नै ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । जीतसँगै पोखरा ११ क्वाटरफाइनल प्रवेश गरेको छ । खेलमा पुलिसले धेरै नै अवसरहरु गुमाएको थियो । २० गते मंगलबारको खेल हिमालयन शेर्पा र झापा –११ ले खेल्नेछ ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । तीनलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद तीन लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार र ट्रफी पाउने छन् । यसअघि भएका खेलमा सुदुरपश्चिम र विजय यूथ हेटौंडा विजयी भइ सेपमफाइनलमा प्रवेश गरिसकेको छ ।
वडा नकआउट फुटबलमा भरतपुर १२ विजयी
शारदानगर । युवा संघ नेपाल भरतपुर–१९ को आयोजनामा शारदानगरमा भइरहेको वडा नकआउट फुटबल प्रतियागिताको सोमबारको पाचौ खेलमा भरतपुर २५ लाई ०÷१ ले हराउँदै भरतपुर–१२ विजयी भएको छ ।
सोमबारको खेलमा ‘म्यान अफ दी म्याच’ भरतपुर–२७ का दीपक चौधरी घोषित भएका छन् । त्यस्तै सोमबार नै भएको चौथो खेलमा भरतपुर–१८ लाई ० का विरुद्ध १ गोलले हराउँदै भरतपुर ९ विजयी भएको कार्यक्रम संयोजक प्रकाश तामाङले बताए ।

Comments

About the author

चितवन पोष्ट