गृह » चितवनमा दन्त प्रत्यारोपण अब सहज
समाचार समाज स्वास्थ्य

चितवनमा दन्त प्रत्यारोपण अब सहज

भरतपुर । दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँतको प्रत्यारोपण सेवा सहज भएको छ ।
दाँतको प्रत्यारोपण चिकित्साको क्षेत्रमा यो एक नयाँ प्रविधि हो । यो प्रविधिमा मानिसको दाँत नभएको खाली ठाउँमा दाँतको कृत्रिम जरा रोपिन्छ । यही जरा भित्र नक्कली दाँत राखिन्छ । यस्तो किृतिम जरा टाइटेनियमको हुन्छ र पूरै सुरक्षित मानिन्छ ।
साईराम डेन्टल केयर नारायणगढकी प्रबन्ध निर्देशक डा सरु थापाका अनुसार दन्त प्रत्यारोपण गर्दा कृत्रिम टाइटेनियमको जरा मानिसको मुखको हड्डीमा दुई तीन महिनासम्म राखिन्छ र यो बीचमा कृत्रिम जरामा नयाँ हड्डी बन्दछ जसलाई अंग्रेजीमा आस्टियोइटीग्रेशन भनिन्छ । यसरी कृतिम जरा हड्डीमा अडिएर बस्दछ र यसमाथि कृतिम दाँत राखिन्छ । यसरी राखिएको दाँत हेर्दा सुन्दर देखिने मात्र होइन सक्कली दाँत जस्तै बलियो र चपाउन सजिलो हुन्छ ।
अब दाँतको प्रत्यारोपण सहज र सरल रुपमा साईराम डेन्टल केयरले उपलब्ध गराएको छ जसले गर्दा झिक्ने र राख्ने पुरानो नक्कली दाँत राख्ने झन्झटबाट चितवनबासी पनि मुक्त भएका छन् ।

Comments

About the author

चितवन पोष्ट